+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

गोकर्णेश्वरमा रहेको नक्कली कस्मेटिक्स गोदाममा प्रहरीको छापा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १९ गते २०:३४

१९ साउन, काठमाडौं । प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ नयाँ बस्तीसर्बेश्वर मार्गस्थित दिपिका अग्रवालको नाममा दर्ता रहेको मिसेल कस्मेटिक्स प्रा.लि. नामको कारखानामा छापा मारेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी बृत्त बौद्ध बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागबाट संयुक्त रुपमा खटिएको टोली नक्कली कस्मेटिक्स सामानहरु उत्पादन गर्ने कस्कमेटिक्स कारखानामा प्रहरीले छापा मारेको हो ।

प्रहरीले कम्पनीले उत्पादन गरेका स्याम्पू, हेयर ट्रिटमेन्ट क्रिम, हेयर ओयल आदि नक्कली रुपमा उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थ, तयारी अवस्थाको नक्कली सामानसहित बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेराज मैनालीले जानकारी दिए ।

प्रहरी उपरीक्षक मैनालीका अनुसार प्रारम्भिक मूल्याङ्कन अनुसार उक्त सामाग्रीहरू करोडौको मूल्य बराबरको हुन सक्ने अनुमान गरिएको छ ।

साथै उक्त कारखानमा छापा मारेपश्चात वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप अनुसन्धानका लागि सिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?