+

यु-१७ फुटबलको बन्द प्रशिक्षणमा ४५ खेलाडी छनोट

२०७९ साउन  २२ गते १३:४८ २०७९ साउन २२ गते १३:४८
यु-१७ फुटबलको बन्द प्रशिक्षणमा ४५ खेलाडी छनोट

२२ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यु-१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि बन्द प्रशिक्षणमा ४५ खेलाडी छनोट गरेको छ ।

देशैभरबाट खुल्ला छनोटमा एक हजारभन्दा बढी खेलाडी आएका थिए । जसबाट एन्फाले प्रारम्भिक चरणमा ६० खेलाडी छनोट गरेको थियो । त्यसबाट ४५ खेलाडी बन्द प्रशिक्षणमा छनोट भएको एन्फाले जनाएको छ ।

सेप्टेम्बरमा श्रीलंकामा हुने साफ यु-१७ च्याम्पियनसिप र एएफसी यु-१७ एसियन कप छनोटका लागि यु-१७ राष्ट्रिय टिम बनाउन एन्फाले खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरेको हो ।

एन्फाले यु-१७ टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई नियुक्त गरेको छ ।

श्रीलंकामा आयोजना हुने साफ यु-१७ च्याम्पियनसिपमा नेपालसहित भारत र भुटान समूह बी मा छ ।

समूह ए मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश छन् ।

को-को परे 

अविशेक थोकर (रौतहट, अंकित गुरुङ  (एन्फा एकेडेमी बुटवल), असिमजंग कार्की (एन्फा एकेडेमी धरान), विक्रम तामाङ (झापा), विनोद केसी (एन्फा एकेडेमी बुटवल), धनसिंह बिके (सुर्खेत), धिरक बिके (धनकुटा), दिपक थापा (एन्फा एकेडेमी, धरान), दोलकबहादुर थापामगर  (एन्फा एकेडेमी, धरान), गौरव महर्जन (काठमाडौं), हरिश भट्ट,  (कैलाली0), जनप्रकाश बम (कालीकोट), क्रिशल मोक्तान (एन्फा एकेडेमी धरान), कुशल देउवा (कञ्चनपुर), लक्षु थापा (तनहुँ), मदन पौडेल (ओखलढुंगा), माधव पोखरेल (मोरङ), मार्सल शाही (काठमाडौं), मिराक लिङ्देन (झापा), मुकेश घर्ती (सुर्खेत), निखिल सुनार (एन्फा एकेडेमी, बुटवल), निराजन धामी (कैलाली), निर्देश राई  (पाँचथर), निरोज कार्की झापा), निशान्त तामाङ (झापा), पाल्देन गुरुङ (झापा),प्रशान्त लक्सम (झापा), प्रिभिअस सुनुवार (एन्फा एकेडेमी,धरान), प्रितम कार्की (एन्फा एकेडेमी, बुटवल), राहुल बेल्वासे (एन्फा एकेडेमी, बुटवल), रितेश थापामगर (एन्फा एकेडेमी,धरान), रुविन बोगटी(दोलखा), समिर चन्द (एन्फा एकेडेमी, बुटवल), समिर तामाङ (बारा), सरोज दर्लामी (एन्फा एकेडेमी, बुटवल), सिजल राई (सुनसरी), सिमान्त थापा (एन्फा एकेडेमी, धरान), सोहन स्याङतान (एन्फा एकेडेमी,धरान), सुवाश गुरुङ (स्याङ्जा), सुविन खड्का (एन्फा एकेडेमी, धरान), सुजत डंगोल (काठमाडौं), सुजत खड्का (एन्फा एकेडेमी, धरान), सुशील तामाङ (धादिङ),युनिष बुढाथोकी (एन्फा एकेडेमी, धरान), युनिष मगर (झापा) ।

यु-१७ एसियन कप यु-१७ राष्ट्रिय फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय