+
+

भारतलाई ९ रनले हराउँदै अष्ट्रेलियाले जित्यो कमनवेल्थ स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २३ गते ७:४६

२३ साउन, काठमाडौं । महिला क्रिकेटमा आफ्नो प्रभुत्व कायम राख्दै अस्ट्रेलियाले भारतमाथि ९ रनको रोमाञ्चक जितसहित कमनवेल्थ खेलकुदमा स्वर्ण जितेका छ ।

महिला एसेज, टी-२० र एक दिवसीय विश्वकपको उपाधि जितेयता अस्ट्रेलियाको यो लगातार चौथो ठूलो सफलता हो ।

कुनै समय बेलायतको उपनिवेशबाट गुज्रिएका देशहरुबीचको खेलकुद प्रतिस्पर्धा कमनवेल्थ खेलकुद अहिले बेलायतकै बर्मिंघममा भइरहेको छ  ।

पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १६१ रनको योगफल बनाउँदा बेथ मूनीले ६१ रनको अर्धशतकीय योगदान गरिन् ।

जवाफमा भारतकी हरमप्रिक कौरले शानदार ६३ रन बनाए पनि उनी आउट भएपछि भारतले लगातार विकेट गुमाउँदा १५२ रनमा अलआउट भयो ।

घरेलु टोली इंग्ल्याण्डलाई पराजित गरी न्युजिल्याण्डले कांस्य पदक जितेको छ । पहिलोपल्ट कमनवेल्थ खेलकुदमा महिला क्रिकेटलाई समावेश गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?