+
+

टीएमएस कारोबारको भुक्तानी ईसेवाबाट पनि

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २३ गते १६:५४

काठमाडौं । सेयर खरिद बिक्री गर्ने व्यक्तिहरुले ब्रोकरको टीएमएस मार्फत खरिद गरेको सेयरको रकम ईसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ । जसका कारण सेयर लगानीकर्तालाई रकम भुक्तानी गर्नका लागि थप सहज हुनेछ ।

कम्पनीका अनुसार हाल यो सेवा ३५ वटा भन्दा बढी ब्रोकरहरुमा उपलब्ध रहेको र केही दिनमै बाँकी ब्रोकरहरुमा उपलब्ध हुनेछ ।

ईसेवामार्फत रकम भुक्तानी गर्दा आगामी कात्तिक महिनासम्म कुनै अतिरिक्त शुल्क लाग्ने छैन । लगानीकर्ताहरुले मोबाइल मार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन् । साथै नजिकैको ईसेवाका जोन पोइन्ट मार्फत समेत रकम भुक्तानी गर्न सकिनेछ ।

यो व्यवस्थासँगै लगानीकर्तालाई रकम भुक्तानीकै लागी ब्रोकर कार्यालयसम्म धाउनुपर्ने झञ्झटबाट मुक्ति मिल्नेछ । यो कारोबार रियलटाइममा हुने हुनाले ब्रोकर र लगानीकर्ता दुवैलाई सहज हुनेछ ।

ईसेवाका लगानीकर्ताले ईसेवामा रहेको टीएमएसमा क्लिक गरी फण्ड म्यानेजमेन्टमा जानुपर्ने छ । त्यसपछि कोलाटरोल (आफूले तिर्ने रकम) उल्लेख गरी पठाउन चाहेको बैंक छानेर सहजै रकम पठाउन सकिने ईसेवाले जनाएको छ ।

ईसेवाका विजनेस हेड आशिष गौतमले लगानीकर्ताले सरल र सहज तरिकाले सेयर बजारको दोस्रो बजारमा करोबार गर्न मिल्ने गरी यो सेवा ल्याएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?