+
+

लाइपजिग फर्कँदै टिमो वेर्नर

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २४ गते १७:०८

२४ साउन, काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीका फरवार्ड टिमो वेर्नर आफ्नो पूर्व क्लब आरबी लाइपजिग फर्कने भएका छन् । प्रिमियर लिगमा दुई वर्ष बिताएपछि वेर्नर जर्मन क्लब फर्कन लागेका हुन् ।

चेल्सीले सन् २०२० मा ४५ मिलयन पाउण्ड रिलिज क्लब पूरा गर्दै वेर्नर भित्र्याएको थियो । तर अहिले भने घाटा बेहोरेर नै उनलाई छाड्न लागेको छ ।

आरबी लाइपिजगले वेर्नरका लागि करिब २५ मिलियन पाउण्ड तिर्ने बीबीसीले जनाएको छ । वेर्नर स्वास्थ्य परिक्षणका लागि सोमबारै लाइपिजग पुगिसकेका छन् ।

२६ वर्षीय फरवार्ड वेर्नरले चेल्सीमा रहँदा सबैखाले प्रतियोगितामा ८९ खेल खेल्दै २३ गोल गरेका थिए । उनले सन् २०२१ मा चेल्सीबाट च्याम्पियन्स लिग जितेका थिए ।

चेल्सीले अनुबन्ध गर्ने समयमा वेर्नर युरोपकै धेरै चर्चा भएका फरवार्डमध्ये एक थिए । उनलाई अनुबन्ध गर्न लिभरपुलदेखि बायर्न म्युनिखसम्मले चासो देखाए पनि उनी चेल्सी गएका थिए । चेल्सी जानुअघि वेर्नरले लाइपजिगका लागि १५९ खेलमा ९५ गोल गरेका थिए । तर वेर्नरले चेल्सीमा भने सोही लय अनुसार खेल्न सकेनन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?