+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

डोटीमा पाँच महिनापछि फेरि कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २४ गते २१:०९

२४ साउन, डोटी । डोटीमा पाँच महिनापछि पहिलो पटक कोरोना सक्रमण देखिएको छ ।

सोमबार १९ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । कार्यालयका अनुसार कोरोना सक्रमण पुष्टि भएका चार जना जोरायल गाउँपालिकाका र एक जना आदर्श गाउँपालिकाका बासिन्दा हुन् ।

संक्रमितमध्ये केही व्यक्तिहरु एक महिना अगाडि भारतबाट आएका र कोभिड विरुद्धको पूर्ण खोप नलगाएका भेटिएको समेत स्वास्थ्य कार्यालयले जनाएको छ ।

लामो समयपछि फेरि कोरोना देखिएकोले नागरिकले सजगता अपनाउनुपर्ने स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लीरमण जोशीले बताए । कोरोना संक्रमण समुदायमा फैलिन सक्ने कुरालाई मध्यनजर गर्दै नागरिकले सजगता अपनाउनु पर्ने समेत प्रमुख जोशीले बताए ।

कोभिड संक्रमण बढेसंगै आम नागरिकले मास्क प्रयोग गर्ने, कोरोना खोप नलगाएकाले खोप लगाउनुपर्ने, अनावश्यक भीडभाडमा नजाने, रुघाखोकी ज्वरो आयो भने नजिकैको स्वास्थ्य संस्थामा गएर जाँच गर्ने लगायतका कार्य गर्न आवश्यक रहेको समेत प्रमुख जोशीले बताए ।

डोटीमा २०७८ फागुन २३ गते एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको थियो । त्यसयता कुनै केस भेटिएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?