
२५ साउन, काठमाडौं । प्रहरीले सुनको सिक्री लुटेको आरोपमा एक युवकलाई टोखाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-११ घर भई हाल काठमाडौ महानगरपालिका-१६ बस्ने २६ वर्षीय ज्ञानेन्द्र सेन्चुरी रहेका छन् ।
गत सोमबार दिउँसो सवा २ बजे टोखा नगरपालिका ८ भुवनेश्वरी मन्दिर नजिक पैदल हिडिरहेकी ६१ वर्षीया महिलाको गलामा लगाएको सुनको सिक्री तानेर भाग्दै गरेको अवस्थामा प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले सेन्चुरीलाई पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले सुनको सिक्री १ थान, दुई टुक्रा भएको सुनको सिक्री १ बरामद गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4