+
+

फिफा विश्वकप निर्धारित मितिभन्दा एक दिन अघि सार्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २५ गते १७:४१

२५ साउन, काठमाडौं । विश्व फुटबल महासंघ फिफाले अनुमति दिएमा कतार फुटबल संघले आसन्न विश्वकपको उद्घाटन निर्धारित मितिभन्दा एक दिन अगावै गर्ने तयारी भएको छ । श्रोतलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले यसबारे आयोजक देश र फिफाबीच छलफल भएको जनाएको छ ।

पूर्वनिर्धारित तालिकाअनुसार कतार र इक्वेडरबीचको विश्वकप उदघाटन खेल नोभेम्बर २१ (मंसिर ५)मा हुनुपर्ने थियो । तर, विश्वकपको उद्घाटन खेलअघि दुईवटा खेल निर्धारित हुँदा असामान्य स्थिति बन्ने भन्दै आलोचना भएको थियो ।

मान्यतः ठूला खेलकुद प्रतियोगिताको उद्घाटन खेलअघि अन्य खेलहरु हुँदैनन् । कतारले घरेलु टोली र इक्वेडरबीच मंसिर ५ गते सोमबारका लागि तय भएको खेल मंसिर ४ गते आइतबार नै गर्ने र सोमबार पूर्वनिर्धारित तालिकाअनुसारका दुई खेल खेलाउने प्रस्ताव गरेको छ ।

सोमबार समूह ए का सेनेगल र नेदरल्याण्ड्स र समूह बी का इंग्ल्याण्ड र इरानबीच खेल हुनेछ । कतारको यो प्रस्तावमा फिफाका ६ महादेशीय संघका प्रमुख र अध्यक्ष जियान्नी इन्फान्तिनोले सहमति जनाउनुपर्नेछ ।

ढिलै गरी प्रस्ताव गरिए पनि यसमा सबैको सहमति हुने अनुमान गरिएको छ । उद्घाटनको दिन निर्धारित तीनमध्ये एक खेल अघिल्लो दिन सारिँदा अन्य खेलहरु निर्धारित समयमै हुनेछन् । श्रोतका अनुसार यो निर्णय बिहीबारसम्म हुने सम्भावना छ । पूर्वनिर्धारित मितिअनुसार टिकट र होटलको बन्दोबस्त गरेकाहरुका लागि पनि कुनै समस्या नबनाउने कतारले आश्वास्त पारेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?