+

गर्भवती महिलाले कुन पोजिसनमा सुत्नु राम्रो ?

२०७९ साउन  २६ गते १२:२९ २०७९ साउन २६ गते १२:२९
गर्भवती महिलाले कुन पोजिसनमा सुत्नु राम्रो ?

गर्भावस्था महिलाको जिन्दगीको सबैभन्दा खुसी र उत्सुकताले भरिएको समय हो । आमाले गर्भमा रहेको सन्तानलाई लिएर थुप्र्र्र्रै रंगीन सपनाको संसार बुनेकी हुन्छिन् । यही सपनाका लागि उनीहरुले निकै पीडा सहेर सन्तानलाई जन्म दिन्छन् ।

आमाका लागि गर्भावस्था निकै गम्भीर र महत्वपूर्ण अवस्था हो । यस्तोमा उनीहरुले खानपानदेखि लिएर दैनिक व्यवहारमा समेत परिवर्तन ल्याउनुपर्छ । गर्भावस्थामा आमाले खानामा मात्रै नभई सुत्दा समेत ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन् ।

गर्भावस्थामा कुन पोजिसनमा सुत्ने ? कसरी सुत्दा आफू र गर्भको शिशु सहज हुन्छ ? यसबारे ध्यान दिन जरुरी छ । आमाले गरेको हरेक कामको प्रत्यक्ष असर गर्भमा रहेको बच्चालाई पर्न जान्छ । सामान्यतया गर्भवती भएको आमालाई सुत्न कठिनाइ हुन्छ ।

आमा र गर्भको शिशु दुवैको स्वास्थ्यका लागि सुत्ने तरिकाका बारेमा जान्न आवश्यक छ । जसले आमा र बच्चा दुवैको स्वास्थ्यलाई राम्रो गर्छ ।

गर्भावस्थामा कुन पोजिसनमा सुत्ने ?

गर्भवती भएको तीन महिनासम्म पेटको भार कम हुने भएकाले सिधा वा जुनसुकै पोजिसनमा सुत्दा पनि खासै असर पर्दैन । तर तेस्रो महिनापछि पेटको भार बढ्दै जाने भएकाले आमालाई सिधा सुत्न गाह्रो हुन्छ । सिधा सुत्दा सबै भार पिठ्युमा पर्ने भएकाले यो आमा र शिशु दुवैका लागि हानिकारक हुनसक्छ ।

पिठ्युँमा भार पर्ने गरी सुत्न नहुने

गर्भावस्थामा सिधा सुत्दा रगत स्वतन्त्र रुपमा चलायमान हुन पाउँदैन । जसकारण पाचन प्रणाली तथा ढाडको समस्या आउन सक्छ । महिलाले गर्भ बसेको तीन महिनापछि सिधा सुत्नु हुँदैन । सिधा सुत्दा गर्भमा रहेको शिशुमाथि सिधा भार पर्न जान्छ ।

सुत्ने सही पोजिसन कुन ?

गर्भावस्थामा आमाले बाँयातर्फ ढल्किएर सुत्नु फाइदाजनक मानिन्छ । बाँयातर्फ फर्केर सुत्नाले शरीरका सम्पूर्ण अंगमा रगत स्वतन्त्र रुपले सञ्चार हुन पाउँछ । यस्तो सुताइ पोजिसनले गर्भमा रहेको बच्चाले राम्ररी अक्सिजन प्राप्त गर्छ । यसले बालबालिकालाई स्वस्थ रहन मद्दत गर्छ ।

बाँयातर्फ सुत्दा आमाले घुँडा मोडेर सुत्नुपर्छ । राम्रो निद्राका लागि आमाले खुट्टाको बीचमा सिरानी समेत राख्न सकिन्छ । सही पोजिसनमा सुत्दा आमाले ढाडको समस्याबाट समेत छुटकारा मिल्छ ।

गर्भावस्था विशेष समय भएकाले यस्तो बेला आठदेखि नौ घण्टा सुत्नुपर्ने चिकित्सकहरुको राय छ । पर्याप्त निद्राले गर्भमा हुर्किरहेको शिशुको पूर्ण विकासमा मद्दत गर्छ । यदि कुनै समस्या आए तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।

ओन्ली माइ हेल्थबाट

अनिद्रा गर्भवती
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

गर्भवती भएको कसरी थाहा पाउने ?

गर्भवती भएको कसरी थाहा पाउने ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?