
२६ साउन, काठमाडौं । स्पानिस क्लब रियल मड्रिडले बुधबार राति जर्मन क्लब एङट्राट फ्रांकफर्टलाई २-० ले पराजित गर्दै पाँचौ पटक यूईएफए सुपर कपको उपाधि जित्यो ।
यस जितपछि रियलले सर्वाधिक पाँच पटक सुपर कप जित्ने स्पेनकै बार्सिलोना र इटलीको एसी मिलानको कीर्तिमान बराबरी गरेको छ ।
पछिल्लो पटक सन् २०१८ मा मड्रिड डर्बीमा एट्लेटिकोसँग पराजित भएको रियलले यस पटक भने उपाधि जित्दै बराबरी गरेको हो । रियलले यसअघि सन् २००४, २०१४, २०१६ र २०१७ मा यूईएफए सुपर कप जितेको थियो । तीन पटक भने रियल उपविजेता बनेको थियो ।
बार्सिलोनाले १९९२, १९९७, २००९, २०११ र २०१५ तथा एसी मिलानले १९८९, १९९०, १९९४, २००३ र २००७ मा जितेको थियो ।
बार्सिलोना चार र मिलान दुई पटक उपविजेता बनेका थिए ।
इंग्लिस क्लब लिभरपुलले चार पटक स्पेनकको एट्लेटिको मड्रिडले तीन पटक यूईएफए सुपर कप जितेका छन् ।
एन्सेलोट्टी र क्रुस धेरै जित्ने
रियल मड्रिडका कार्लो एन्सेलोट्टी र टोली क्रुस धेरै यूईएफए सुपर कप जित्ने प्रशिक्षक र खेलाडी बनेका छन् । इटालियन प्रशिक्षक एन्सेलोट्टीले बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलालाई पछि पारे ।
चार पटक सुपर कप जितेका एन्सेलोट्टीले एसी मिलान र रियलबाट दुई-दुई पटक जितेका हन् । खेलाडीतर्फ भने टोनी क्रुसले पनि चौथो पटक सुपर कप जितेका छन् । उनले रियलबाट तीन र बायर्न म्युनिखबाट एक पटक जितेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4