+
+

भेन्टिलेटरमा उपचाररत सलमान रुस्दीको अवस्था गम्भीर

उनका प्रतिनिधि एन्ड्रयू वाइलीको भनाई उद्धृत गर्दै बीबीसीले लेखेको छ, ‘शुभ समाचार छैन । सलमान भेन्टिलेटरमा छन् र बोल्न सकिरहेका छैनन् ।’

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २८ गते १६:१५

२८ साउन, काठमाडौं । चर्चित बेलायती लेखक सलमान रुस्दीको अवस्था गम्भीर बनेको छ ।

उनका प्रतिनिधि एन्ड्रयू वाइलीको भनाई उद्धृत गर्दै बीबीसीले लेखेको छ, ‘शुभ समाचार छैन । सलमान भेन्टिलेटरमा छन् र बोल्न सकिरहेका छैनन् ।’

रुस्दीमाथि शुक्रबार अमेरिकाको एक साहित्यिक कार्यक्रममा चक्कुले आक्रमण गरिएको थियो । २४ वर्षीय एक युवक हादी मतरले ७५ वर्षीय रुश्दीको घाँटी र पेटमा चक्कुले आक्रमण गरेका थिए ।

उनलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएर सुरक्षाकर्मीले अनुसन्धान थालेका छन् । आक्रमणको कारण स्पट नभएको उनीहरूले बताएका छन् ।

कलेजो र पाखुराको नशा काटिएका उनले एउटा आँखाको ज्योति गुमाउन सक्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । आक्रमणकारी १० देखि १५ पटकसम्म चक्कु प्रहार गरेको थियो । घाउ गम्भीर भए पनि त्यो निको हुनसक्ने प्रकृतिको भएको चिकित्सकले बताएका छन् ।

इरानमा मिश्रित प्रतिक्रिया

समाचार एजेन्सी एपीका अनुसार इरानीहरूले उपन्यासकार सलमान रुस्दीमाथि भएको आक्रमणको मिश्रित प्रतिक्रिया दिएका छन् । केहीले आक्रमणको प्रशंसा गरेका छन् भने केहीले चिन्ता व्यक्त गरेका छन् । इरान सरकार भने मौन रहेको छ ।

‘म सलमान रुस्दीलाई चिन्दिन, तर इस्लामको अपमान गरेपछि उनीमाथि हमला भएको सुन्न पाउँदा खुसी छु,’ रेजा अमिरीले भनेकी छन् । उनको पुस्तक ‘सटानिक भर्सेस’ ले इस्लामलाई कलङ्कित गरेको अमिरी बताउँछिन् । इरानका तत्कालीन सर्वोच्च नेता अयातोल्लाह रुहोल्लाह खोमेनीले उनको मृत्युका निम्ति आह्वान गरेको दशकौं पुरानो फतवाको लक्ष्यलाई आक्रमणकारीले अनुसरण गरेकामा उनी हर्षित छन् ।

भूगोल शिक्षक महशिद बारती भने रूस्दीमाथि भएको आक्रमणबाट चिन्तित छन् । विश्व समुदायबाट इरानलाई एक्लो पार्न लेखकमाथि आक्रमण भएको उनी ठान्छन् । रूस्दी आक्रमणले पश्चिमा देशहरूको प्रतिबन्ध खेपिरहेको इरानलाई रूस र चीनबाट पनि टाढा पार्नसक्ने उनलाई लाग्छ । इरानको आणविक कार्यक्रमलाई लिएर अमेरिकासहितका देशले तेहरानमाथि जारी राखेको प्रतिबन्धतर्फ सङ्केत गर्दै बारतीले त्यसो भनेका हुन् ।

सन् १९८० को इरान–इराक युद्धले देशको अर्थतन्त्रलाई ध्वस्त पारेपछि आफ्नो जीवनको उत्तराद्र्धतिर स्वास्थ्य जटिलता झेलेका खोमेनीले सन् १९८९ मा रूस्दीमाथि फतवा जारी गरेका थिए । सटानिक भर्सेसलाई लिएर मुस्लिम संसारमा हिंसात्मक हङ्गामा भएपछि उनीमाथि मृत्युदण्डको फतवा जारी भएको थियो । उक्त उपन्यासले पैगम्बर मोहम्मदको निन्दा गरेको उनीहरूको निष्कर्ष थियो ।

एजेन्सीहरूको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?