+
+

जनैपूर्णिमामा गोसाइँकुण्डमा ३ लाख भेटी संकलन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३० गते १४:०५

३० साउन, रसुवा ।जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजनले मन्दिरमा चढाएको भेटी सार्वजनिक गरिएको छ ।

पुजारीबाट सङ्कलन गरिएको भेटीलाई लाङ्टाङ् राष्ट्रिय निकुञ्जका कर्मचारी र गोसाइँकुण्ड क्षेत्र विकास समितिका पदाधिकारीले धुञ्चे पुर्‍याइ गणना पश्चात् सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालयको रोहवरमा गरिएको गणनाबाट तीन लाख २२ हजार एक सय १५  रुपैयाँ सङ्कलन भएको समितिका अध्यक्ष संञ्जिव डिएमले जानकारी दिए । गोसाइँकुण्ड पुगेका सबै यात्रु आआफ्नो गन्तव्यतर्फ फर्किइ तीर्थस्थल खुल्ला भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मेला अवधिमा यात्रुबाट उत्पन्न फोहर व्यवस्थापनका लागि स्थानीय व्यवसायी र गोसाइँकुण्ड क्षेत्र विकास समितिबीच समन्वय भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?