+
+

फिफाको निलम्बनपछि उज्वेकिस्तानबाट फर्किँदै साम्बा सम्मिलित भारतीय टिम

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १३:३३

३१ साउन, काठमाडौं । अखिल भारत फुटबल फेडेरेसन (एआईएफफ)माथि विश्व फुटबल महासंघ (फिफा)ले निलम्बन गरेसँगै भारतले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा आफ्नो सहभागिता अधिकार गुमाएको छ ।

तेश्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले भारतलाई निलम्बन गरेको थियो ।  भारतको राष्ट्रिय महिला लिग च्याम्पियनको हैसियदबाट एएफसी महिला क्लब च्याम्पियनसिपका लागि छानिएको श्री गोकुलम केराला एफसीको टिम प्रतियोगितास्थल पुगेर पनि खेल्न नपाई स्वदेश फर्कनुपर्ने भएको छ ।

गोकुलम केराला टिम सोमबार उज्वेकिस्तान पुगेको थियो । यो टिममा नेपाली महिला फुटबलकी सुपरस्टार सावित्रा भण्डारी मुख्य खेलाडीका रुपमा छिन् । गोकुलमलाई राष्ट्रिय लिग जिताउन महत्वपूर्ण भूमिका खेलेकी उनी एएफसीको प्रतियोगितामा एक्स्पोजर पाएकी थिइन् । तर, भारत फुटबल निलम्बनमा परेपछि टिम फर्किनुपर्ने छ ।

एएफसी क्लब च्याम्पियनसिपमा पूर्वी एसियाबाट ३ र पश्चिम एसियाबाट ३ गरी ६ टिमको सहभागिता छ । पूर्वी एसियाको प्रतिस्पर्धामा गोकुलमले इरानको बाम खातून र घरेलु टिम सोग्दियाना डब्ल्यूसँग खेल्ने तालिका थियो ।

गोकुलमले खेल्न नपाउने भएपछि इरान र उज्वेकिस्तानको टिमबीच हुने प्रतिस्पर्धाको विजेता क्लब च्याम्पियनसिपको फाइनलमा पुग्ने भएको छ ।

पश्चिम एसियाबाट चाइनिज ताइपेइको ताइचुङ ब्लू ह्वेल र मलेसियाको आईएसपीई डब्ल्यूएफसी र थाइल्याण्डको कलेज अफ एसियन स्कलरबीच प्रतिस्पर्धा हुनेछ । दुवै क्षेत्रको विजेता टोलीले उपाधिका लागि अक्टोबरमा प्रतिस्पर्धा गर्नेछन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?