+
+

गठबन्धनका शीर्ष नेताहरुलाई ओलीको प्रश्न : लिम्पियाधुराबारे बोल्नु पर्दैन ?

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते १७:४०

६ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नेपालले जारी गरेको नक्सा भारतलाई मन नपरेको बताएका छन् ।

सोमबार सिन्धुपाल्चोकका माओवादी नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै ओलीले नेपाली भूमि ६० वर्ष अगाडिदेखि भारतले भोगचलन गरिरहेको बताए ।

आफूहरु सरकारमा हुँदा नयाँ नक्सा जारी गरेको र नेपाली भूमि फिर्ता गर्न पत्राचार गरेको भन्दै ओलीले भने, ‘म सुन्छु, भारतलाई मन परेको छैन रे ! भारतलाई मन पर्छ कि पर्दैन होइन, मन पर्नुपर्छ । जमिन फिर्ता गर्नुपर्छ ।’

यसबारे नबोलेको भन्दै उनले गठबन्धनका शीर्ष नेताहरुमाथि प्रश्न गरेका छन् । ‘लिम्पियाधुरा, लिपुलेक कालापानी बोल्न सक्छन् ?’ उनले भने, ‘म शेरबहादुर देउवाजीलाई सोध्न चाहन्छु, सम्माननीय प्रधानमन्त्रीजी, तपाईंको प्रदेशको नक्सा, तपाईंको जिल्लाभन्दा एक जिला परतिरको नक्सा, लिम्पियाधुरा, लिपुलेक कालापानी तपाईंको हो कि होइन ? बोल्नुहुन्न उहाँ ।’

हालै मात्र भारत भ्रमणमा जाँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नक्साबारे कुरा नगरेको भन्दै उनले प्रश्न गरे । उनले भने, ‘महान क्रान्तिकारी भन्ने प्रचण्डजी लिम्पियाधुरा ,कालापानी कसको हो भन्नुस् ?’

उनले माधव नेपाललाई पनि बोल्न आग्रह गरे । तर उनलाई शेरबहादुर र प्रचण्डलाई बोलाएको, आफूलाई भारत नबोलाएकोमा मात्र छटपटी रहेको ओलीले टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?