+
+

‘झिंगेदाउ’को गीत ‘टलटल टलक्कै’मा आँचल र कुशलको छमछमी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ८ गते १५:४१

काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिंगेदाउ’को नयाँ गीत ‘टलटल टलक्कै’ रिलिज भएको छ । सार्वजनिक गीतमा एकनारायण भण्डारी र दिनेशराज पुरीको शब्द रचना, अर्जुन पोखरेलको संगीत, अन्जु पन्त र सुरेश लामाको स्वर छ ।

केकी अधिकारी र मुकुन भुसालको बिहे माहौलमा खिचिएको गीतमा आँचल शर्मा र कुशल विष्टले कम्मर मर्काएका छन् । भिडियोमा आँचल र कुशलबीचको प्रेम अंकुराएको देख्न सकिन्छ । नृत्य निर्देशन रामजी लामिछानेले गरेका हुन् ।

प्रदीप भारद्वाजको पटकथा रहेको फिल्ममा केकी, मुकुन, आँचल र कुशलका साथै हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बराल पनि अभिनय छ । फिल्म भदौ १७ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

भीमनिधि तिवारीको कृति ‘झिंगेदाउ’मा आधारित फिल्मले दुई दाजुभाइ र देवरानी–जेठानीको पारिवारिक झमेलाको कथा भन्छ । निर्देशक देउजाले यसलाई सपरिवार हेर्न मिल्ने फिल्म भनेका छन् । कपनगढी सिनेमा र फिल्म क्रु नेपालको व्यानरमा निर्मित फिल्ममा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरे (कल्पित)को छायांकन, रोशन श्रेष्ठको एक्सन र मित्रदेव गुरुङको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?