+
+

अनमोल केसीको ‘छड्के २’ लुक्स सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ११ गते ९:१२

काठमाडौं । फिल्म ‘छड्के २’ले प्रमुख कलाकार अनमोल केसीको लुक्स सार्वजनिक गरको छ । तस्वीरमा अनमोललाई ‘योङ्ग्री योङ म्यान’ र ग्याङस्टर स्वरुपमा देख्न सकिन्छ ।

‘२.० छड्के’ शीर्षकसहित जारी फोटोमा अनमोलको चरित्र केही हिंसात्मक पनि छ जहाँ उनलाई केही आक्रामक देखिन्छन् । निगम श्रेष्ठको निर्देशनमा छायांकन भैरहेको फिल्मको चितवन र मनाङमा छायांकन हुँदैछ ।

फिल्ममा रविन तामाङ र कमलमणी नेपालको समेत मुख्य भूमिका छ । काभ्रे फिल्म्सको ब्यानरमा निर्माण भैरहेको फिल्ममा मेधा प्रोडक्सन र निर्वाण फिल्म स्कुलले पनि सहकार्य गरिरहेको छ । फिल्मको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ छन् । कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?