+
+

बुढीगण्डकी निर्माण कम्पनी यसै वर्ष बनाउँछौं : मन्त्री भुसाल

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते १८:३९

१२ भदौ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम यसै वर्ष कम्पनी बनाएर अगाडि बढाउने बताएकी छन् ।

आइतबार मन्त्रालयमा एक वर्षको कार्य प्रगति सार्वजनिक गर्दै मन्त्री भुसालले बुढीगण्डकी निर्माण कम्पनी दर्ताको प्रक्रियामा गएको जानकारी दिइन् ।

‘अब यसलाई बुढीगण्डकी विद्युत उत्पादन कम्पनी बनाएर अगाडि बढाउने योजनामा छौं । १२ सय मेगावाटको स्टोरेज भनेको सामान्य कुरा होइन । यो आयोजना बहुउद्देश्यीय हो । सबै प्रक्रिया भएको छ । कम्पनी दर्ता प्रक्रियामा गएका छौं’ उनले भनिन् ।

बुढीगण्डकी नेपाली लगानीमा बनाउने निर्णयलाई उनले आफ्नो महत्वपूर्ण काम भएको दावी गरेकी छन् ।

मन्त्री भुसालले सरकारको तथ्याङ्कमा ६ हजार ५ सय मेगावाट विद्युतको विद्युत खरिद सम्झौता (पीपीए) भए पनि १५ सय मेगावाटका आयोजनाहरु अझै व्यक्तिको झोलामा रहेको बताइन् । ‘६५ सय हाम्रो पीपीए भएको रहेछ । १५ सय कसको झोलामा छ थाहा छैन । पीपीए नगर्दा अर्को कुरा हो त्यसको मन्त्रालय खोजी गर्दैछ’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?