+
+
Shares
कविता :

बा

रोशन श्रेष्ठ रोशन श्रेष्ठ
२०७९ भदौ १३ गते १७:५३

समयका पाङ्ग्राले

कुटानी पिसानी मिलमा घुमाए झैं

फनफनी घुमाएपछि

थाहा पाएँ बा

दुनियाँदारीको भारी गह्रुंगो हुँदो रैछ है ।

सानोमा चटक्क मिलेका

बाका कपाल

आजभोलि

हिउँ बोक्न थालेछन्

श्वेत इतिहासधारी भए

हेर्दाहेर्दै बा त लै लै ।

छोरो जन्मिएर

रात रातभर अनिंदो बस्दै

उसले रुँदा

मुटु नै कटक्क खाँदा

महसुस गरे बा

बाउ बन्न गाह्रो रैछ नि है ।

सानोमा ताते ताते गर्दै

डो¥याएका हात

आज अलि भेउ पाउन छाडेछन्

हिंडेका ती बाटोघाटो

बुढो हुँदै गएछन्

चाउरी परेको गाला

धमिलो आँखा हेर्दा थाहा पाएँ

बा त बुढा हुँदै गएछन् ।

छुट्टिने बेला

भित्तामा फर्केर

राम्ररी जा भन्दै

आँखामा के पस्यो भन्थे

लाग्थ्यो बाको आँखा कसिंगर प्रेमी छ

आज थाहा पाएँ

बा मेरो लागि रुँदा पो रैछन्

बा रुन पनि जान्दा रैछन् ।

आफ्नो काँधमा

जिम्मेवारीले बुई चढेसी

सम्झिएँ ती काँध

जसमा बुई चढेको थिएँ म

बच्चा बेलामा

कति दह्रो फलामको काँध है

अहिले महसुस गर्छु

काँध गलाउन

पहाड चाहिन्न रैछ

जिम्मेवारी भए पुग्ने रैछ

बाको काँध कहिले झुकेन

त्यही काँधमा चढेर

देखे परपरका संसार

कति अटल दह्रो

मेरा बा

कति नरम शालिन मेरा बा

सम्झिएको छु है ।।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?