+
+

बाँकेमा पेस्तोल र भरुवा बन्दुकसहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते १८:२४

१५ भदौ, दाङ। बाँकेमा कटुवा पेस्तोल र भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको नरैनापुर गाउँपालिका वडा नं. १ बानियागाउँका छविलाल केवट रहेका छन् ।

उनको साथबाट प्रहरीले कटुवा पेस्तोल थान १, लोडगरी राखेको भरुवा बन्दुक १ थान र सोही बन्दुकमा प्रयोग हुने बारुद अन्दाजी १०० ग्राम, सिसा र फलामको गोली (छर्रा) ५०० ग्राम र पटाका ९ थान बरामद गरिएको ईलाका प्रहरी कार्यालय भगवानपुरले जानकारी दिएको छ ।

बुधबार विहान अबैध हातहतियार रहेको सूचनाका आधारमा ईप्रका भगवानपुरबाट प्रहरी निरीक्षक विरबहादुर सुनारको कमाण्डमा गएको प्रहरी टोलीले केवटसहित हातहतियार बरामद गरेको हो ।

केवटमाथि हातहतियार तथा खरखजना कसूर मुद्दामा अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?