+
+

चिनियाँ कम्युनिस्ट पार्टीको २०औं राष्ट्रिय महाधिवेशन १६ अक्टोबरमा गर्ने प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते २०:२०

१५ भदौ, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं महाधिवेशन आगामी १६ अक्टोबरदेखि राजधानी बेइजिङमा गर्न केन्द्रीय समितिको राजनीतिक ब्यूरोमा प्रस्ताव भएको छ ।

मंगलबार सीपीसीको १९औं केन्द्रीय समितिको सातौं पूर्ण बैठक र पार्टीको २०औं राष्ट्रिय महाधिवेशन तयारीका लागि आयोजित केन्द्रीय समितिको राजनीतिक ब्यूरोको तयारी बैठकमा उक्त प्रस्तावमा छलफल भएको चिनियाँ समाचार संस्था ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

सीपीसीका महासचिव सी जिन पिङको अध्यक्षतामा बसेको राजनीतिक ब्यूरोको बैठकले पार्टीको १९औं केन्द्रीय समितिको सातौं पूर्ण बैठक ९ अक्टोबरदेखि र २०औं महाधिवेशन १६ अक्टोबरदेखि राजधानी बेइजिङमा आयोजना गर्ने प्रस्ताव गरेको छ ।

राजनीतिक ब्यूरोको उक्त प्रस्ताव १९औं केन्द्रीय समितिको सातौं पूर्ण बैठकबाट पारित भएको खण्डमा १६ अक्टोबारदेखि सीपीसीको महाधिवेशन सुरू हुनेछ ।

चिनियाँ सञ्चार माध्यमहरूका अनुसार विश्लेषकहरूले कोभिड महामारीका बाबजुत पनि पार्टीले महाधिवेशन आयोजनाका लागि तयारी गरेको र यसले बाँकी पाँच वर्षको चीनको राष्ट्रिय विकासलाई कायपलट गर्ने गरी योजना तय गर्ने अपेक्षा गरेका छन् ।

साथै दोस्रो शताब्दी लक्ष्य प्राप्ति गर्दै आधुनिक समाजवादी देश निर्माणको नयाँ यात्रामा चीनलाई लैजानका लागि २०औं राष्ट्रिय महाधिवेशनले विशेष जोड दिने बताइएको छ ।

सीपीसीको राष्ट्रिय महाधिवेशन हरेक पाँच वर्षमा हुने गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको सर्वोच्च निकाय मानिने महाधिवेशनबाट अर्को पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै सोही अवधिमा गर्नुपर्ने कामहरुको योजना पनि पारित गर्ने गर्दछ । महाधिवेशनबाटै मुलुकका वरिष्ठ नीति निर्माता रहने पार्टीको स्थायी समिति, पोलिटब्यूरोसमेत चयन हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?