+
+
Shares

काठमाडौं ७ मा कांग्रेसबाट झण्डै एक दर्जन नेताको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १६ गते १२:२२

१६ भदौ, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको टिकटका लागि नेपाली कांग्रेसबाट झण्डै एक दर्जन नेताहरुले दाबी गरेका छन् ।

दाबी गर्नेहरुमा कांग्रेस युवा नेता एवम् सहकारीकर्मी दक्ष पौडेल, नेविसंघका पूर्वउपाध्यक्ष प्रमोदहरि गुरागाईं, नेविसंघका पूर्व महामन्त्री सरोज कुमार थापा, तरूण दलका पूर्व केन्द्रीय सदस्य विनोद पन्त, प्रमिला सिंह डंगोल लगायत छन् । दाबेदारहरू मध्येबाट दुई पुरुष र एक महिला गरी तीन जनाको नाम सिफारिस गरिने क्षेत्रीय सभापति मुकुन्द रिजालले जानकारी दिए ।

त्यसअघि दाबेदारहरुलाई नै आपसमा सहमति जुटाएर आउन भनिएको रिजालले बताए । ‘सहमतिमा आउन भनेका छौं, सहमति भएन भने तीन जनाको नाम सिफारिस गरिन्छ,’ उनले भने ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?