
काठमाडौं । विमल स्मृति पुस्तकालय, धरानका सञ्चालक पूर्णबहादुर गुरुङलाई ‘उत्कृष्ट पुस्तकालय प्रेमी’को रुपमा सम्मान गरिएको छ ।
१५ औं पुस्तकालय दिवसको अवसर पारेर रसियन सांस्कृतिक केन्द्रमा कार्यक्रम आयोजना गरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र राज्यमन्त्री वोधमाया कुमारी यादवले गुरुङलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे ।
भूतपूर्व गोर्खा सैनिक गुरुङले १९ वर्षको अल्पायुमै निधन भएका आफ्ना छोरा एवं कवि विमल गुरुङको सम्झनामा २०४८ सालमा विमल स्मृति पुस्तकालय स्थापना गरी युवापुस्ताको पठन संस्कृतिको विकासमा योगदान पुर्याएका थिए ।
धरान निवासी ८० वर्षीय गुरुङ र विमल पुस्तकालयमा आधारित फिल्म ‘उर्मि’को ट्रेलर समेत त्यस अवसरमा सार्वजनिक गरिएको थियो । फिल्मलाई प्रणय लिम्बूले निर्देशन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4