+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares
सरकारी सहुलियत :

वर्ष दिनमा ३०० मूल्य बढाएर दशैंमा ५० रुपैयाँ छुट

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ भदौ १९ गते २०:३३
फाइल तस्वीर

१९ भदौ, काठमाडौं । असोज २०७८ मा नेपाली बजारमा दुग्ध विकास संस्थान डीडीसीले बिक्री गर्ने नेपाली घिउको मूल्य प्रतिकिलो ९०० रुपैयाँ थियो । तर ११ महिना १५ दिनको अवधिमा घिउको मूल्य प्रतिकिलो ११०० रुपैयाँ पुग्यो ।

नेपाल खुद्रा व्यापार संघकाअनुसार अहिले बजारमा थोकमै नेपाली घिउको मूल्य प्रतिकिलो १२०० रुपैयाँ छ ।

जबकि गत वर्ष नेपाली घिउको मूल्य प्रतिकिलो ९०० रुपैयाँ मात्रै थियो । बजारमा पाइने नेपाली घिउको मूल्य एक वर्षमा ३०० रुपैयाँ महँगो भएको छ भने दुग्ध विकास संस्थाले बेच्ने घिउको मूल्य २०० रुपैयाँले बढेको छ ।

बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दशैं, तिहार र छट लक्षित केही अत्यावश्यक खाद्य वस्तुको सहुलियत मूल्यको घोषणा गर्‍यो, जसमा घिउको मूल्यमा प्रतिकिलो ५० रुपैयाँ छुट दिइएको छ । चामल, दलहन र खानेतेलमा प्रतिकिलो र लिटरमा ७ रुपैयाँ, चिजमा प्रतिकिलो ४० रुपैयाँसम्म छुट घोषणा गरिएको छ ।

बजार अनुगमन, मूल्य विश्लेषण र महँगी नियन्त्रण समेत गर्नुपर्ने दायित्व पाएको मन्त्रालय यस बीचमा निष्क्रिय जस्तै बन्यो । चाडपर्वको मुखैमा सहुलियत मूल्य घोषणा त गर्‍यो, तर यसलाई आलोचकहरु कर्मकाण्डी मात्रै मान्छन् ।

एक वर्षमा कति महँगियो दुग्ध र तेलहन ?

एक वर्षमा सबैभन्दा धेरै उपभोक्ता मूल्य मारमा परेको दुग्ध तथा तेलहनजन्य वस्तुमा हो । दूधको मूल्य सरकारले नै बढाए पछि दूग्ध पदार्थको मूल्य बढ्यो भने खाने तेल पनि भारत निर्यातमा सहजता प्रदान गरेर नेपालमा अभाव सृजना गरेर मूल्य दोब्बर भयो ।

प्रदेश कृषि मन्त्रालय, कृषक सहकारी र दुग्ध विकास संस्था उचालेर तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले २०७८ माघ २७ मा दूधको मूल्य वृद्धि गरेका थिए । जसका कारण दुग्धजन्य पदार्थको मूल्य बढ्न पुग्यो ।

नेपाल खुद्रा व्यापार संघमा प्राप्त विवरण अनुसार साढे ११ महिनामा तेलको मूल्य लिटरमै ११० रुपैयाँले बढेको छ । यस्तै नेपाली घिउको मूल्य किलोमा ३०० रुपैयाँले बढेको छ ।

खाद्य वस्तु

२०७९ भदौ १५ को मूल्य २०७८ असोजको मूल्य एक वर्षमा बढेको मूल्य
भुटेको तोरीको तेल–प्रति लिटर

४००

३६०

४०

काँचो तोरीको तेल–प्रति लिटर

३७०

२६०

११०

भटमास तेल–प्रति लिटर

२६५

२४०

२५

सनफ्लावर तेल–प्रति लिटर

३००

२५०

५०

डाल्डा घ्यू–प्रति लिटर

३००

२३०

७०

नेपाली घिउ प्रतिकिलो १२०० ९००

३००

दाल-चामलमा कति बढ्यो ?

नेपाल खुद्रा व्यापार संघका अनुसार थोकमै चामलको मूल्य प्रतिकिलो गत वर्ष भन्दा १० देखि २० रुपैयाँले बढेको छ ।

यस्तै दलहरुको मूल्य पनि थोकमा कम्तीमा १० देखि १५ रुपैयाँले बढेको छ । गत वर्ष १६० रुपैयाँ किलोमा पाइने मुसुरोको दालको मूल्य यो वर्ष १७५ रुपैयाँ पुगेको छ । यस्तै मासको दालको मूल्य १७० रुपैयाँ प्रतिकिलोबाट बढेर १८५ रुपैयाँ पुगेको छ ।

पिठो, आँटा, मैदा र सुजीको मूल्य किलोमै ३५ रुपैयाँसम्मले बढेको छ । नेपाल खुद्रा व्यापार संघका महासचिव आमुल काजी तुलाधरका अनुसार खुद्रामा यी सबैको मूल्य अझै बढी हुनसक्नेछ । तर सरकारले यी वस्तुमा किलोमा ७ रुपैयाँ मात्रै छुट दिएको छ ।

खाद्य वस्तु

२०७९ भदौ १५ को मूल्य २०७८

असोजको मूल्य

एक वर्षमा बढेको मूल्य

मैदा–प्रति किलो

७०

५०

२०

आटा–प्रति किलो

६५

५०

१५

सुजी–प्रति किलो

१००

६५

३५

मास दाल–प्रति किलो

१८५

१७०

१५

मुसुरो दाल

१७५

१६०

१५

स्टिम जिरा मसिनाे चामल–प्रति किलो

८५

७५

१०

लङ्ग ग्रेन वासमती चामल–प्रति किलो

१५०

१३०

२०

ताइचिन चिउरा–प्रति किलो

१५०

१४०

१०

उपभोक्ता अधिकारीकर्मी ज्योति बानियाँ सरकारले प्रचारमुखी दोकान थापेको बताउँछन् । ‘यस्तो कार्य स्थानीय तहमार्फत गर्नुपर्नेमा काम देखाउनका लागि प्रचारबाजी पूर्ण काम गरेर कमिसन खाने काम भयो’ बानियाँ भन्छन्, ‘संविधान कार्यान्वयन गर्दा यस्तो काम स्थानीय तहले गर्नुपर्ने हो ।’

बजारमा उपभोक्ता मूल्यको विश्लेषण नै नगरी सरकारले छुटको नाटक गर्दा वर्षभरि महँगीमा फसेका जनताले राहत नपाउने उनको तर्क छ ।

छुटको कार्यान्वयन गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी भने सरकारको सहुलियतपूर्ण पसलले बजार मूल्यमा हस्तक्षेप हुने दाबी गर्छ । बजारको मूल्यभन्दा खाद्य कम्पनीमार्फत सरकारले सस्तोमा बिक्री गरेको र अहिलेको मूल्यले थप राहत हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका नायव महाप्रबन्धक श्रीमणिराज खनाल बताउँछन् । ‘बजारको भन्दा यसै सस्तो थियो तर छुटले थप स्तो बनाएको छ् । यसले बजारमा महँगी रोक्छ । उपभोक्ताले राहत पाउँछन्’ खनालले भने ।

लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?