+
+

उद्योग मन्त्रालयमा बडूका ५ महिना : के–के गरे ? (पूर्णपाठ)

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २३ गते १८:०५
दिलेन्द्रप्रसाद बडू/फाइल तस्वीर

२३ भदौ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले मन्त्रालय सम्हालेको ५ महिनामा नतिजा देखिने गरी काम गरेको दावी गरेका छन् ।

मन्त्रालयको काम कारबाही चुस्त भएको भन्दै आलोचना बढीरहेका बेला मन्त्री बडूले बिहीबार पत्रकार सम्मेलन गरेर यस्तो दावी गरेका हुन् । कोभिड-१९ महामारी र रुस-युक्रेन युद्धका कारण शिथिल बनेको औद्योगिक उत्पादन र व्यापार क्षेत्रलाई पुरानै अवस्थामा फर्काइएको दावी मन्त्री बडूको छ ।

‘कोभिडले उत्पादन मुलुक उद्योगको उत्पादन ४० प्रतिशतले घटेको थियो, यस्ता १० प्रतिशत उद्योग पनि बन्द भएका थिए,’ मन्त्री बडूले भने, ‘सो अवस्थामा अहिले सुधार आएको छ । हामीले गरेको नीतिगत प्रयासबाट निर्यात पनि बढेको छ भने आयात निरुत्साहनमा पनि उल्लेख्य काम भएको छ ।’

आफ्नो कार्यकालमा औद्योगिक लगानीको वातावरणमा सुधार आएको, उपभोक्ता हित संरक्षणका कदम तीब्र पारिएको, रुग्ण उद्योगहरु चलाउन नीतिगत प्रयास अघि बढाएको पनि बडूले दावी गरेका छन् । कानुन मन्त्रालयबाट बडू २४ चैत २०७८ मा उद्योग मन्त्रालयको जिम्मेवारी सम्हाल्न आएका थिए ।

हेर्नुहोस् ५ महिने उपलब्धिको पूर्णपाठः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?