+
+

साफ महिला फुटबल : माल्दिभ्समाथि पाकिस्तानको फराकिलो जित

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २८ गते १८:०६
फाइल तस्वीर

२८ भदौ, काठमाडौं । ८ वर्षपछि फुटबलमा फर्किएको पाकिस्तानले काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपमा मंगलबार माल्दिभ्सलाई हराउँदै प्रतियोगितामा सान्त्वना जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई ७-० गोल अन्तरले पराजित गर्दै जारी प्रतियोगितामा सान्त्वना जित निकालेको हो । यो जित पाकिस्तान महिला फुटबलमा सबैभन्दा फराकिलो जित पनि हो ।

प्रतियोगिताबाट बाहिरिसकेका दुवै टोलीले मंगलाबार प्रतिष्ठाका लागि प्रतिस्पर्धा गरेका थिए । अघिल्ला खेलमा नतिजा सुम्पिएका दुवै टोली सुखद् अन्त्यको खोजीमा मैदान उत्रिएका थिए । माल्दिभ्सविरुद्ध फराकिलो जित निकाल्ने क्रममा पाकिस्तानकी नादिया खान एक्लैले चार गोल गरिन् । यस्तै बाँकी तीन गोल रमिन फरिद, खादिजा काजमी र अनमोल हिराले गरे ।

पाकिस्तान समूह चरणको पहिलो खेलमा भारतसँग ३–० ले पराजित भएको थियो । दोस्रो खेलमा बंगलादेशसँग ६–० ले हारेको थियो भने माल्दिभ्सले पहिलो खेलमा बंगलादेशलाई ५–० को नतिजा सुम्पिएको थियो ।

यस्तै समूह चरणको दोस्रो खेलमा माल्दिभ्स श्रीलंकासँग १–० ले पराजित भएको थियो । यो समूहबाट भारत र बंगलादेशले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेका छन् । मंगलवार नै हुने भारत र बंगलादेशबीचको खेलले यो समूह विजेताको टुंगो लाग्नेछ ।

समूह ‘बी’बाट नेपाल विजेता र भुटान उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । नेपालले सोमवार श्रीलंकालई ६–० ले हराएको थियो । पाकिस्तान आठ वर्षपछि अन्तर्रास्ट्रिय फुटबलमा फर्किएको हो ।

यसअघि, सन् २०१४ को साफ महिला च्याम्पियानसिप पाकिस्तानी टिमले खेलेको अन्तिम प्रतियोगिता थियो । त्यतिबेला पाकिस्तानले अन्तिम खेलमा भुटानलाई हराएको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?