+
+

साफ महिला च्याम्पियनसिप : नेपाल र भारतको भेट सेमिफाइनलमै

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २८ गते १९:४०
श्रीलंकाको खेलमा गोल गरेपछि नेपाली खेलाडी ।

२८ भदौ, काठमाडौं । साफ महिला च्याम्पियनसिपको सेमिफाइलनमा नेपाल र भारत भिड्ने भएका छन् ।

२०१९ मा सेमिफाइनलबाट बाहिरिएको बंगलादेश पाँच पटकको साफ च्याम्पियन भारतलाई हराउँदै समूह एको विजेता बनेसँग सेमिफाइनलमा नेपाल र भारतको भेट पक्का भएको हो ।

बंगलादेशले सेमिफाइलनमा समूह एको उपविजेता भुटानलाई प्रतिद्वन्द्वी पाएको छ ।

साफ महिला च्याम्पियनसिपका यसअघिका पाँचै वटा संस्करणमा नेपाल र भारतको भेट भएको छ । चार पटक फाइलनमा र एक पटक सेमिफाइनलमा नेपाल भारतसितै पराजित भएको छ ।

जसमा तीन खेलमा नेपालले गोल गर्दै दुई खेलमा नेपालले भारत विरुद्ध गोल गर्न सकेको छैन । पाँच पटक आमने सामने हुँदा भारतले नेपालको पोष्टमा १६ गोल गरेको छ भने नेपालले जम्मा ३ गोल मात्र फर्काएको छ ।

नेपाल र भारत तथा बंगलादेश र भुटानबीचको सेमिफाइनल खेल शुक्रबार हुने छ ।

मंगलबारको खेलमा भारतलाई हराउने क्रममा बंगलादेशका जाहान सोप्नाले २ तथा कृष्णरानी सरकारले एक गोल गरिन् । यो साफ इतिहासमा नै भारतको पहिलो हार हो ।

यसअघि सन् २०१६ मा भारत र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए । त्यो बाहेक अरु सबै खेल भारतले जितेको थियो ।

भारतसँगको जितपछि बंगलादेशका खेलाडी । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?