+
+

दीपक विष्ट र गौरिका सिंहसहित खेल क्षेत्रका २२ जनालाई राष्ट्रिय पदक र अलंकार

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३ गते १३:२१
अरुण शाही, जगजीश भट्ट, गौरिका सिंह र दीपक विष्ट ।

३ असोज, काठमाडौं । संविधान दिवसका अवसरमा सरकारले प्रदान गर्ने विभिन्न पदक र अलंकारबाट खेलकुद क्षेत्रका २२ जना सम्मानित हुने भएका छन् ।

सरकारले आज (सोमबार) सार्वजनिक गरेको ९ सय ९८ जनाको सूचीमा खेलाडी, प्रशिक्षक तथा खेलकर्मी गरी २२ जना समेटिएका छन् ।

सरकारले प्रवल जनसेवाश्री पदकबाट कीर्तिमानी तेक्वान्दो खेलाडी तथा प्रशिक्षक दीपक विष्टलाई सम्मानित गर्ने छ । पौडी खेलाडी गौरिका सिंहले राष्ट्रद्वीप पदक पाउनेछिन् ।

त्यस्तै जनसेवाश्री पदक राष्ट्रिय महिला भलिबल टोलीका प्रशिक्षक जगदीश भट्ट र कप्तान अरुणा शाहीले पाउनेछन् । नेपाली टोलीले गत वर्ष एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि लगातार दोस्रोपल्ट जितेको थियो । टिमका अन्य खेलाडीलाई भने पदक दिइएको छैन ।

नेपाल ट्रायथोलन संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल फेन्सिङ संघका महासचिव तथा ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठ, खेलकुद प्रवर्तक जगतबहादुर खड्का, पाराओलिम्पियन तथा एसियन युथ पारातेक्वान्दो च्याम्पियनसिपकी स्वर्ण विजेता पलेशा गोवर्द्धन, फुटबलकी प्रमुख प्रशिक्षक अरुणा गुरुङ, तेक्वान्दो खेलाडी भजिन्द्रबहादुर क्षेत्रीले पनि प्रवल जनसेवाश्री पाउनेछन् ।

यसैगरी अलंकारतर्फ नेपाल प्रताप भूषणबाट ओलम्पियन प्रमिला रिजाल सम्मानित हुनेछिन् । एथलेटिक्सकी पूर्व खेलाडी उनी हाल विभागीय टोली एपीएफकी एथलेटिक्स प्रशिक्षक हुन् ।

सूकीर्ति पदकबाट ११ जना सम्मानित हुनेछन् । रेणुका श्रेष्ठ, बक्सिङका एसियन पदकधारी तथा हाल प्रशिक्षक दीपक महर्जन, नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल, श्याम गुरुङ, मोतिकला गुरुङ, शिवध्वज देवान राई, रन्जित तामाङ, शुटिङकी ओलम्पियन कल्पना परियार, एथलेटिक्सकी जयरानी थारु, जीवन थारु र तिलकबहादुर देउजा सिफारिसमा परेका हुन् ।

यस्तै खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सुप्रबल जनसेवा श्री पदक पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?