+
+

अन्ततः हिन्दी ‘प्रेमगीत ३’लाई विदेशी फिल्मको मान्यता, १५ प्रतिशत कर बुझाएर प्रदर्शनको अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ५ गते १५:५३

काठमाडौं । विवाद, रस्साकस्सी र आरोप-प्रत्यारोप । यी सबथोकपछि अन्ततः चलचित्र विकास बोर्डले ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई विदेशी फिल्मको मान्यता दिएको छ ।

वितरक र निर्माताले भारतबाट भन्सार शुल्कसहित ल्याएको लगायतका कागजपत्र पेस गरेपछि बोर्डले चलचित्र जाँचका लागि अनुमति दिएको हो । वितरकले नियमानुसार कागजपत्र पेस गरेपछि बोर्ड अध्यक्ष भुवन केसीले सेन्सर सिफारिस गरेका हुन् ।

वितरक मनोज राठीले विदेशी फिल्मले तिर्दै आएको १५ प्रतिशत विकास शुल्क तिरेर प्रेमगीत ३ को हिन्दी संस्करण प्रदर्शन हुने बताए । उनका अनुसार फिल्मले ३० हजार भन्सार शुल्क पनि तिरेको छ ।

यसअघि नेपाली संस्करणको सेन्सर भए पनि विवादले हिन्दीको सेन्सर रोकिएको थियो । निर्माण आशुसेन प्रोडक्सनले हिन्दीलाई पनि नेपालीसरह सेवा सुविधा दिन माग गर्दै बोर्डमा निवेदन दिएका थिए । बोर्डले निर्माता संघसहितका संस्थालाई बोलाएर छलफल गरेका थिए ।

हिन्दीको सुविधा दिन नहुने भन्दै चर्को विरोध भएपछि अन्ततः बोर्डले विदेशी फिल्मको मान्यता दिएर सेन्सर सिफारिस गरेको हो । शुक्रबार नेपालमा प्रेमगीतको नेपाली र हिन्दी संस्करण प्रदर्शनको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?