+
+

डा. केसीले तोडे अनशन, सरकारसँग १० बुँदे सहमति

शंकर गिरी शंकर गिरी
२०७९ असोज ८ गते २०:२४

८ असोज, काठमाडौं ।  सरकार र डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ । सरकारसँगको सहमतिपछि केसीले १३औं दिनमा अनशन तोडेका छन् ।

सहमतिपछि त्रिवि शिक्षण अस्पतालमा अनशनरत केसीले  त्यहीं उपचाररत सरिता चाैधरीकाे हातबाट जुस पिएर अनशन तोडेका हुन् । सहमतिपत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेश पाण्डेय र अनशनरत पक्षबाट डा. केसीले हस्ताक्षर गरेका छन् ।

सरकारी अस्पतालको स्वास्थ्य सेवा सुधार गर्न हाल कायम रहेको चिकित्सकको दरबन्दी थप गर्न सरकार तयार भएको छ । त्यसका लागि ५०० शय्याका अस्पतालहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम सम्पन्न गरी शीघ्र स्वीकृतिको प्रक्रियामा लैजाने सहमति भएको छ । त्यस्तै अन्य सरकारी अस्पतालको पनि संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम छिटो सक्ने सरकारले सहमति जनाएको छ ।

त्यस्तै सबै सरकारी अस्पतालमा आकस्मिक सेवा नि:शुल्क गर्न सरकार तयार भएको छ । डा. केसीसँग भएको सहमति सरकारले अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेश गर्नेछ । अनशन तोड्दै डा‍. केसीले सहमति सात दिनभित्र कार्यान्वयन नभए फेरि अनशन बस्ने चेतावनी दिएका छन् ।

डा केसीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्तिको विषयमा सरकारले कुनै निर्णय नगरेकाे भन्दै आपत्ति जनाएका छन् । त्यस विषयमा संघर्ष अझै जारी रहने बताएका छन् ।

अनशन तोडेपछि केसी केही दिन उपचारका लागि त्रिवि शिक्षण अस्पतालमै रहनेछन् ।

हेर्नुहोस् डा. केसी र सरकारबीच भएको सहमति

 

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?