१२ असोज, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चङ्गा नउडाउन चेतावनी दिएको छ ।
दशैं नजिकिएसँगै विमानस्थलको आसपासमा चङ्गा उडाएको पाइएपछि प्राधिकरणले सूचना जारी गर्दै नउठाउन चेतावनी दिएको हो ।
विमानस्थल चङ्गा उडाउँदा उडान सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले विमानस्थलको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
अझै पनि कसैले अटेर गरी चङ्गा उडाइएको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गरिने चेतावनी प्राधिकरणले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4