+
+

‘जेरी २’को हिरोइनमा पूर्णिका सिंजापति अनुबन्धित, अनमोलसँग स्क्रिन सेयर गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १२ गते १३:१५

काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘जेरी २’को प्रमुखमध्येको एक अभिनेत्रीमा पूर्णिका सिंजापति अनुबन्धित भएकी छन् ।

मोडलिङमा समेत सक्रिय रहेकी पूर्णिकाको यो डेब्यु फिल्म हुनेछ । फिल्मका दुई प्रमुख नायिकामध्ये एकको चरित्रमा पूर्णिकाले अभिनय गर्नेछिन् । निर्माता सरोज न्यौपानेले अर्की प्रमुख नायिका अनुबन्धित हुने क्रममा रहेको जानकारी दिए ।

फिल्ममा दुई नायिकाको समानान्तर भूमिका हुनेछ भने दुवै जना अनमोलको अपोजिटमा हुनेछन् । निर्माता न्यौपानेले फेसबुकमार्फत अनमोल र पूर्णिकाको तस्वीर सार्वजनिक गरेका थिए । तर पूर्णिकाको अनुहारलाई स्माइली इमोजीले छोपिएको थियो । तस्वीर प्रष्ट नहुँदा धेरैले आना शर्मा वा नीति शाह हुने अनुमान गरेका थिए ।

हेमराज बीसीले निर्देशन गर्ने यो फिल्म चुनावपछि फ्लोरमा जाने तयारीमा छ । आठ वर्षअघिको फिल्म जेरीको सिक्वेलको रुपमा बन्न लागेको फिल्मको निर्माणमा न्यौपाने र रामकृष्ण श्रेष्ठले सहकार्य गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?