+
+

ग्लोबल आईएमई बैंकलाई क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १२ गते १९:४८

काठमाडौं । ग्लोबल आईएमई बैंकले आईएफसीको क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा पाएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच विश्व बैंक समूहको सदस्य आईएफसीले ग्रिन ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी) अन्तर्गत क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा दिने सम्झौता भएको हो ।

कार्यक्रममा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आईएफसीका दक्षिण एशिया क्षेत्रीय प्रबन्धक जुन योङ्ग पार्कले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

कार्यक्रमले ग्लोबल ट्रेड फाइनान्स, अन्तर्राष्ट्रिय वित्तीय सम्बन्ध र अन्तर्राष्ट्रिय बजारमा व्यापार विस्तार गर्न सहजीकरण गर्नुका साथै द्विपक्षीय करेस्पोन्डेण्ट बैंकिङ सम्बन्धलाई बलियो र सक्षम बनाउने विश्वास बैंकले लिएको छ ।

कार्यक्रममा बोल्दै ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस कार्यक्रम नेपालमा जलवायु अनुकुल व्यवसाय बिस्तारका लागि सहयोगी बन्ने बताए । उनले ग्लोबल आईएमई बैंकलाई विश्वमै पहिलो पटक जलवायु अनुकूल व्यापार व्यवसायका लागि लगानी सुविधा प्रदान गरेकोमा आईएफसीलाई धन्यवाद समेत व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले आईएफसीको जीटीएफपी लाइनले ग्लोबल आईएमई बैंकलाई अझ राम्रो क्षमताका साथ थप अन्तर्राष्ट्रिय बैंकहरूसँग सम्बन्ध विस्तार गर्न सहयोग गर्ने बताए । बैंकलाई विभिन्न भौगोलिक क्षेत्रमा रहेका ग्राहकहरूका लागि थप कारोबार गर्न मद्धत गर्ने उनको भनाइ छ ।

नेपालका लागि आईएफसीका आवासीय प्रतिनिधिले जीटीएफपीको सहयोगले बैंकको कर्जा माग र आपूर्तिको खाडललाई सम्बोधन गर्न मद्दत गर्ने बताए । यो कार्यक्रमले नेपालको वित्तीय अभावलाई सम्बोधन गर्नुकासाथै ऊर्जा मितव्ययी प्रविधि, सञ्चालनको दीगोपन र कार्बन उत्सर्जनलाई कटौती गरेर जलवायु परिवर्तनको असर कम गर्नमा केन्द्रित रहेको उनको भनाइ थियो ।

सन् २०१९ मा आईएफसीले बैंकलाई साना तथा मझौला व्यवसायमा लगानी गर्नका लागि २० मिलियन अमेरिकी डलर लगानी गरेको बैंकले जनाएको छ । यस परियोजनाले ग्लोबल आईएमई बैंकलाई बैंकको बढ्दो व्यापार व्यवसायमा माग र आपूर्तिबीचको अन्तरलाई सम्बोधन गर्न मद्धत गर्ने बैंकको भनाइ छ ।

बैंकका अनुसार यस कार्यक्रममा रहेको “हरित“ कम्पोनेन्ट बैंकका लागि जलवायु अनुकूल व्यापार व्यवसायको लागि बलियो आधार हो र यसले जलवायु परिवर्तनको असरलाई समेत सम्बोधन गर्दछ । यो कार्यक्रमले ग्लोबल आइएमई बैंक र यसका ग्राहकहरूको लागि ट्रेड फाइनान्समा पहुँच सुधार गर्ने अपेक्षा गरिएको छ ।

बैंकका अनुसार सन् २०१९ मा आईएफसीले बैंकलाई साना तथा मझौला व्यवसायमा लगानी गर्नको लागि २० मिलियन अमेरिकी डलर लगानी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?