+
+
Shares

ग्लोबल आईएमई सेक्युरिटिजको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १९ गते १५:०३

काठमाडौं । ग्लोबल आईएमई बैंकको शतप्रतिशत लगानीमा स्थापित ग्लोबल आईएमई सेक्युरिटिज लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा १७ भदौमा कम्पनीको रजिस्टर्ड कार्यालय नयाँबानेश्वरमा सम्पन्न गरेको छ ।

साधारणसभाको अध्यक्षता कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलले गरेका थिए । कार्यक्रममा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीको प्रमुख आतिथ्यता थियो ।

बैंकका प्रतिनिधि, कम्पनी रजिस्ट्रारको कार्यालयका उपरजिस्ट्रार तथा विभिन्न क्षेत्रका अन्य विशिष्ट व्यक्तित्वहरूको पनि यस सभामा उल्लेखनीय उपस्थिति थियो ।

प्रबन्ध सञ्चालक प्रवीना पाण्डेले स्वागत मन्तव्य दिँदै आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले सेयर बजारको उतारचढाव, नियामक निकायका मार्गनिर्देशन र लगानीकर्ताहरूको अपेक्षाबीच पारदर्शिता, भरोसा र सेवा सुधारलाई उच्च प्राथमिकता दिँदै उल्लेखनीय प्रगति हासिल गरेको जानकारी गराइन् ।

सभामा कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमाथि विस्तृत छलफलपछि सेयरधनीका तर्फबाट उठेका जिज्ञासाको जवाफ दिइएको थियो । त्यसपछि साधारणसभाका सम्पूर्ण प्रस्ताव सर्वसम्मतिले पारित गरियो ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरण, आगामी आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण साथै प्रबन्धपत्र र नियमावली संशोधन सम्बन्धी महत्त्वपूर्ण प्रस्ताव अनुमोदन गरेको छ ।

कार्यक्रमको अन्त्यमा सीईओ रेग्मीले कम्पनीले हालसम्म हासिल गरेका उपलब्धिहरूको प्रशंसा गर्दै भविष्यमा अझ प्रभावकारी र उत्कृष्ट कार्यसम्पादनका लागि जोड दिए ।

ग्लोबल आईएमई सेक्युरिटिज लिमिटेडले पूँजीबजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै लगानीकर्ताहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध रहेको साधारणसभाले स्पष्ट सन्देश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?