+
+

टी-२० विश्वकप विजेताले १.६ मिलियन डलर पुरस्कार पाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १४ गते १६:०९

१४ असोज, काठमाडौं । आईसीसी टी-२० क्रिकेट विश्वकप २०२२ को विजेताले १.६ मिलियन (१६ लाख) अमेरिकी डलर पुरस्कार पाउने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले शुक्रबार अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-२० विश्वकपका लागि विजेतासहित अन्य टिमले पाउने पुरस्कार रकम घोषणा गरेको हो । जसमा विजेताले १.६ मिलियन पाउने छन् ।

यस्तै उपविजेताले विजेताले पाउने भन्दा आधा अर्थता ८ लाख अमेरिकी डलर पाउने छन् । सेमिफाइनल पुग्ने दुवै टोलीले ४-४ लाख अमेरिकी डलर पाउने छन् ।

टी-२० विश्वकपको कुल पुरस्कार राशी ५.६ मिलियन (५६ लाख) अमेरिकी डलर रहेको छ ।

यस्तै सुपर १२ बाट बाहिरिने टिमले ७० हजार अमेरिकी डलर पाउनेछन् । सुपर १२ मा एक खेल जित्नेले ४० हजार अमेरिकी डलर पाउनेछन् ।

यस्तै पहिलो चरणमा जित हात पार्ने टिमले ४० हजार अमेरिकी डलर पाउनेछन् भने पहिलो चरणबाट बाहिरिनेले पनि ४० हजार डलरका दरले रकम पाउनेछन् ।

आगामी अक्टोबर १६ दखेखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने विश्वकपमा १६ टिमको सहभागिता रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?