+
+

पोखरामा टीभीएसले सार्वजनिक गर्‍‍यो एनटर्क १२५ रेस ‘एक्सपी’  

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १४ गते १६:३४

काठमाडौं । १२५ सीसी सेगमेन्टको स्कुटर टीभीएस एनटर्क १२५ रेस ‘एक्सपी’ पोखरामा पनि उपलब्ध हुने भएको छ । सर्वसाधारणले पोखरास्थित बतास ब्रदर्स प्रालिबाट स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यो नयाँ मोडलमा टीभीएस स्मार्ट एनटर्क टीएम कनेक्टिभिटी प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधा हुनुको साथै हलुका वजन रहेको कम्पनीले जनाएको छ ।

यसमा मोड चेन्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डीएनडी लगायत अन्य थुप्रै कनेक्टिभिटी फङ्सनहरु समावेश गरिएको कम्पनीको भनाइ छ । १२५ सीसी सेग्मेन्टमा १० पीएस भन्दा धेरै पावर हुने नेपालकै एक मात्र स्कुटर भएको कम्पनीको दावी छ ।

कम्पनीका अनुसार पहिलाको भन्दा सुधारिएको ग्याँस फ्लो डाइनामिक्स र कम्बुस्चनले यसको पावर डेलिभरी अझै राम्रो बनाएको जनाएको छ । यसमा प्रयोग भएको एड्भान्स्ड इन्जिनियरिङ पोलिमर र सर्वाधिक बलियो एलोए स्टिलले यसलाई अझ हलुका बनाएको र जसले गर्दा यो स्कुटर चलाउन पनि सजिलो रहेको उल्लेख छ ।

टीभीएस मोटर कम्पनीको इन्टरनेशनल बिजनेसका उपाध्यक्ष राहुल नायकले टीभीएस कम्पनीका बाइकका लागि नेपाल सधैं प्रमुख बजार भएको बताए । नेपालमा टीभीएस एनटर्क १२५ रेस ‘एक्सपी’ सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए ।

ट्राइ–टोन कलर रिमसहित उपलब्ध स्कुटरको मूल्य ३ लाख ५ हजार ९०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?