+
+

बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेजमा तोडफोड, १३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १८ गते १५:३५

१८ असोज, चितवन । उपचारका क्रममा एक जनाको मृत्यु भएपछि आफन्तले चितवन मेडिकल कलेजको आईसीयूलगायतका क्षेत्रमा तोडफोड गरेका छन् ।

यही असोज १७ गते बिहान ७ बजे उपचारका लागि कलेजमा आएका चितवन भरतपुर महानगरपालिका वडा नं. १३ उजेलीनगरका ३६ वर्षीय रमेश कुँवरको मृत्यु भएको थियो ।

हिजो बिहान ७ बजे पेट दुखेको भन्दै रमेशलाई आफन्तले मोटरसाइकलमा ल्याएर अस्पताल भर्ना गरेका थिए । मृतक रमेशका ज्वाइँ सागर कुँवरले चिकित्सकको लापहरबाहीले ज्यान गएको भन्दै छानबिनको माग गरिएको बताए ।

मृतकका आफन्तहरुले कलेजले उपचारमा लापर्वाहीले मृत्यु भएको आरोप लगाउँदै मेडिकल आईसीयू, अस्पतालको मूल ढोकाको लबी, कलेजका बसलगायतका सवारी साधानमा तोडफोड गरेर क्षति गरेका छन् ।

अस्पताल तोडफोड गर्ने १३ जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याइएको चितवन प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले बिरामी आउँदा नै मल्पिटल सिण्ड्रोमसहित आएको र कुँवरलाई बचाउने अनेकन प्रयास गर्दागर्दै ‘सेप्टिक सक’ भई निधन भएको बताए ।

देवकोटाका अनुसार बिहान रगतमा संक्रमण फैलिसकेको अवस्थामा आएका कुँवरलाई दिउँसो १२.१५ बजे आईसीयूमा राखेर उपचार गरिएकोमा साँझ सवा ५ बजे मृत्यु भएको थियो ।

बिरामी बचाउने कलेजको अथक प्रयास, बिरामीमा भएको संक्रमणको अवस्था, उपचारको प्रोटोकल जस्ता विषयलाई बुझ्नेसम्म प्रयास नगरी लापरबाही गरेको भनेर गरिएको तोडफोडले आफूहरुलाई दुःखी बनाएको बताए ।

वडा दशैंको अवसरमा सबै जना आआफ्नो परिवारसँग बसेर पर्व मनाइरहेका बेला आफ्नो घर परिवार छाडेर जनताको उपचारमा दिनरात खट्ने स्वास्थ्यकर्मी र अस्पतालमाथि भएको आक्रमण र दुर्व्यवहारले काम गर्न असहज अवस्था उत्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत देवकोटाको भनाइ छ ।

उनले घटनाको छानबिन गर्न सरकारका निकायलाई अनुरोध गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?