+
+

एमालेले टिकट नदिएपछि मोरङ ५ मा स्वतन्त्र उम्मेदवारी दिँदै मण्डल

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १०:१५

२३ असोज, विराटनगर । पार्टीले टिकट नदिएपछि  नेकपा एमालेका नेता योगेन्द्र मण्डलले मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । चुनावी अभियान सञ्चालन गरिरहेका मण्डलले पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिने भएका हुन् ।

जसपासँग गठबन्धन गर्दा नेकपा एमालेले मोरङ क्षेत्र नम्बर ५ छाडेको छ । विपक्षी गठबन्धनको तर्फबाट सो क्षेत्रमा जसपा मोरङ अध्यक्ष राजकुमार यादवले टिकट पाएका छन् ।

एक वर्षयता चुनाव लड्ने तयारीसहित मण्डल क्षेत्र नम्बर ५ मा सक्रिय थिए । तर गठबन्धन गर्दा उनको टिकट खोसिएपछि पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दिने भएका हुन् । ‘म स्वतन्त्र उम्मेदवारी दिन्छु,,’ उनले भने,‘ जनताको घरदैलोमा जान्छु ।’

नेकपा एमालेले टिकट दिने आश्वास दिएपछि उनले क्षेत्र नम्बर ५ मा पार्टी प्रवेश अभियान पनि सञ्चालन गरेका थिए । आफ्ना समर्थकको माग अनुसार उम्मेदवार बन्ने निर्णयमा पुगेको उनले बताए । ‘जनताले विकल्प खाजेका छन्,’ उनले भने, ‘जनतालाई विकल्प दिन म उम्मेदवारी दिन्छु ।’

क्षेत्र नम्बर ५ मा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका नेता शिवकुमार मण्डलले टिकट पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?