+
+

राष्ट्रपति भण्डारीको ज्वरो घटेन, आइतबार पनि अस्पतालमै रहने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १२:०९

२३ असोज, काठमाडौं । ज्वरो तथा रुघाखोकी कम नभएपछि राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार पनि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा बिताउने भएकी छिन् ।

उपचारमा सम्लग्न फिजिसियन डा. निरज बमका अनुसार भण्डारीको आज एक्सरे लगायतको परीक्षण गरिएको छ । परीक्षणको रिपोर्टमा कुनै पनि समस्या देखिएको छैन ।

‘हिजो रातिदेखि ज्वरो, खोकी तथा शरीर दुखाइ बढेको छ । पुन: २४ घण्टाको निगरानीमा राखेपछि मात्रै डिस्चार्ज गर्ने कि नगर्ने भन्ने निर्णयमा पुग्न सकिन्छ,’ बमले अनलाइनखबरसँग भने ।

चार दिनदेखि ज्वरो तथा रुघाखोकीले थला परेकी उनी स्वास्थ्य उपचारका लागि शनिबार बिहान शिक्षण अस्पताल महाराजगन्ज पुगेकी थिइन् ।

१०३ डिग्री ज्वरो आएकाले चिकित्सकहरुले डेंगु संक्रमणको अनुमान गरेका थिए । तर, नमुना परिक्षणमा डेंगु नेगेटिभ आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?