+
+

उम्मेदवारी दिँदै लक्ष्मणलाल कर्णले भने : यो मेरो अन्तिम लडाईं हो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १०:३४

२३ असोज, वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले यो चुनाव आफ्ना लागि अन्तिम भएको बताएका छन् ।

वीरगञ्ज स्थित जिल्ला समन्वय समिति परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पर्सा–१ बाट उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मी समक्ष प्रतिक्रिया दिँदै उनले त्यस्तो बताएका हुन् ।

सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै उनले भने, ‘यसपछि युवाले पालो पाउँछ, मेरो यो अन्तिम लडाईं हो । य्ुवालाई त धेरै नै राहत हुनेछ ।’

वीरगञ्ज महानगरपालिकामा विद्यमान शिक्षा, स्वास्थ्य र अन्य विकासका काममा देखिएको कमीकमजोरी हटाउन आफूले उम्मेदवारी दिएको उनको भनाइ छ ।

गठबन्धनबाट मात्रै नभएर तपाईंकै पार्टीका नेताले पनि तपाईको विरुद्धमा स्वतन्त्र उम्मेदवारी दिएका छन नि ? भनी सञ्चारकर्मीले जिज्ञासा राखेका थिए ।

‘प्रजातन्त्र हो, पार्टीको आफ्नो नीति हुन्छ । व्यक्ति त सबै स्वतन्त्र हुन्छ नि । कसैलाई हामी कहाँ रोक्न सक्छौं’ जवाफमा नेता कर्णले भने, ‘हामी पार्टीका उम्मेदवार हौं । पार्टी माथि भरोसा गरेका छौं । पार्टीबाट जित्छौं र अघि बढ्छौं ।’

गठबन्धनले गर्दा पर्सा क्षेत्र नं ४ छोडेर आफू क्षेत्र नं १ मा आउँदा ४ नं क्षेत्रका जनता रोइरहेको उनको दावी छ ।

सत्ता गठबन्धनको तर्फबाट पर्सा क्षेत्र नं १ को ‘क’ मा माओवादी केन्द्रका रहबर अन्सारी र ख बाट नेपाली कांग्रेसका राम नारायण कुर्मीले उम्मेदवारी दिएका छन् । आफ्नै जीवनकालमा परिवर्तन ल्याउन र जनतालाई जिताउन उम्मेदवारी दिएको रहबर अन्सारीले प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?