
काठमाडौं । आइतबार टिकटकमा पोस्ट गरेको भिडियोमा ६४ वर्षीया अमेरिकी पपस्टार म्याडोनाले गुलाबी रङको अन्डरवेयर समातेको देखिन्छ ।
भिडियोको क्याप्सन छ- इफ आई मिस, आइएम गे । (मैले यो गुमाएँ भने म गे हुँ) । त्यसपछि उनले उक्त पेन्टीलाई डस्टबिनमा फ्याँक्छिन् । यो भिडियो संयोगवस पोस्ट गरिएको थिएन । अमेरिकाको राष्ट्रिय कमिङ आउट डेको छेकोमा यो भएको थियो ।
‘८० वर्षको उमेरमा यो के भइरहेको छ ?’ एक टिकटक प्रयोगकर्ता भिडियोमा कमेन्ट गर्छन्, ‘के म्याडोना यथार्थमा आएकी हुन् ? के म वास्तविक समयको साक्षी बनेको हुँ ?’
दशकभन्दा लामो समयदेखिको आफ्नो यौन झुकाव र गे समलिंगीप्रतिको सद्भावले उनलाई एक समलिंगी अधिकारवादी सेलिब्रिटीको छविको रुपमा स्थापित गरेको थियो ।
यी संकेतहरुका बाबजुद स्थापित गायिकाले आफूलाई गेको रुपमा खुलाएकी हुन् । सन् २००३ मा आयोजित एमटीभी म्युजिक भिडियो अवार्ड समारोहमा उनले ब्रिट्नी स्पेयर्स र क्रिस्टिना एगुलिएरालाई चुम्बन गरेकी थिइन् ।
सन् ८० को दशकमा हिट गीतहरु ‘लकी स्टार’, लाइक अ भर्जिन’ र ‘मटेरियल गर्ल’बाट स्टार बनेकी म्याडोनाले त्यसपछि एचआईभी एड्सविरुद्ध अनुसन्धान र जनचेतना जगाउने अभियान पनि थालेकी थिइन् । उनको संगीत र प्रस्तुतिले पनि समलिंगी समुदायप्रति समर्थन गर्दै आएका छन् । सन् १९८९ मा उनले गाएको गीत ‘एक्सप्रेस योरसेल्फ’ गे मानिसबीच निकै चर्चित थियो ।
हामीले उनलाई गे व्यक्तित्वको रुपमा चिनाउनुअघि उनले गे आइकनको रुपमा आफूलाई निर्माण गरेकी थिइन् । सन् १९९१ को एक अन्तर्वार्तामा उनले सबैजसो व्यक्तित्वमा समलैंगिक व्यवहार हुने बताएपछि धेरैले उनी बाइ-सेक्सुअल भएको लख काटेका थिए ।
प्रतिक्रिया 4