+
+

डडेलधुरामा एमाले र कांग्रेस बीपीबिच तालमेल गर्ने सहमति

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते १५:२३

२६ असोज, डडेलधुरा। डडेलधुरामा नेकपा एमाले र कांग्रेस बीपीबिच अन्तिम समयमा तालमेल गर्ने सहमति बनेको छ ।एमालेले प्रतिनिधि सभामा कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्ललाई सघाउने भएको छ ।

कांग्रेस बीपीले एमालेका प्रदेश सभाका उम्मेदवारलाई सघाउने निर्णय भएको छ । ‘केन्द्रमा हामीलाई एमालेले सहयोग गर्छ । हामीले पठानसिंह बोहरोलाई प्रदेशमा सहयोग गर्छौं ।’

कांग्रेस बीपीका नेता हरि भट्टले अनलाइनखबरसँग भने । सहमति अनुसार प्रतिनिधि सभातर्फ एमालेबाट उम्मेदवारी दर्ता गरेका स्नेहीले नाम फिर्ता गरेका छन् ।

एमाले र कांग्रेस वीच स्थानीय तहमा पनि तालमेल भएको थियो । स्थानीय तहमा यी दुई दलले जीत निकाल्न भने सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?