+
+

सत्यमोहन जोशीले दोहोरो कुरा गर्न थाले, डिलक्स क्याबिनमा सारियो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते १६:५२

२६ असोज, काठमाडौं । संस्कृतिविद् एवम वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई डिलक्स क्याबिनमा सारिएको छ ।

किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक डा. सुरज बज्राचार्यका अनुसार जोशीको स्वास्थ्यमा केही सुधार भएको र दोहोरो कुरा गर्न सक्ने अवस्थामा छन् ।

‘उहाँ सामान्य दोहोरो कुरा गर्न सक्ने अवस्थामा हुनु भएको र कमजोरी कायमै रहँदा डिलक्स क्याबिनमा सिफ्ट गरी सघन उपचार कक्ष सरहकै सुक्ष्म निगरानीमा राखिएको छ,’ डा. बज्राचार्यले भने ।

डा. बज्राचार्यका अनुसार निमोनिया संक्रमणको साथै मुटुको चाल सम्बन्धी समस्याको उपचार जारी छ ।

खकार परीक्षण गर्दा एन्टिबोयोटिक्स निरन्तर दिनुपरेको चिकित्सकले जानकारी दिएका छन् । अस्पतालका अनुसार मेडिसिन विभागको नेतृत्वमा अन्य विभागहरूले जोशीको स्वास्थ्यको निरीक्षण गरिरहेका छन् ।

किष्ट मेडिकल कलेजले जोशीको सम्पूर्ण उपचार निःशुल्क सेवा गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?