+
+

१ अर्ब वर्षमा कसरी बने पृथ्वीमा ७ महादेश ? ४० सेकेण्डको भिडियोमा हेर्नुहोस्

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते १८:१०

काठमाडौं । पृथ्वीको चारैतर्फ केवल पानी र जमिन छैन । पृथ्वीको मुनि टेक्टोनिट प्लेटहरु छन् । अर्थात् पृथ्वीको माथिल्लो भाग जुन हल्लिन्छ । टेक्नोनिक प्लेटहरु एक अर्कासँग ठोक्किन्छन् र एउटा प्लेटले अर्कोलाई दबाउँछ ।

यसकै कारणले भूकम्पहरु आउँछन्, सुनामी आउँछन् । यो प्रक्रिया १ सय करोड वर्षदेखि लगातार चलिरहेको छ । यिनी टेक्टोनिक प्लेटहरु सरेको कारणले त्यसमाथि रहेको पृथ्वीको जमिन अर्थात् महादेशहरु पनि टुटफुट भए, छुट्टिए र पुनः बने ।

अहिले अलग अलग रहेका महाद्विपहरु करोडौँ वर्षपछि पुनः जोडिनेछन् र एउटै विशाल महादेश अर्थात् सुपर कन्टिनेन्ट बन्नेछ । १ अर्ब वर्षमा पृथ्वीको महाद्विपको संरचनामा भएको यो परिवर्तन भिडियोमा हेर्न गज्जबै होला । अझ १ अरब वर्षको त्यो परिवर्तन केवल ४० सेकेण्डको भिडियोमै हेर्न पाइयो भने !

अष्ट्रेलियाको युनिभर्सिटी अफ सिड्नीका विद्यावारिधी शोधकर्ता तथा भूगर्भ वैज्ञानिक माइकल टेटले पहिलोपटक टेक्टोनिक प्लेटहरुको चालको कम्प्युटर मोडेल तयार पारेका छन् । त्यसमा सबै भौगोलिक सीमानाहरुलाई सामेल गरिएको छ ।

मानव गणितका अनुसार पृथ्वीमा कुनैप्नि ठूलो चिज प्रतिवर्ष सेन्टिमिटरका हिसाबले सर्दछ । करोडौँ वर्ष अगाडि महादेशहरु पृथ्वीमा सबैतिर छरिएका थिए । अहिले दक्षिण ध्रुवमा जुन अन्टार्कटिका छ, त्यो कुने समय भूमध्यरेखामा थियो ।

माइकल र उनका सहकर्मी सबिन जाहिरोविकले मिलेर टेक्टोनिक प्लेट सर्ने र महाद्विपहरु निर्माण तथा विनिर्माण हुने १ अर्ब वर्षको उक्त प्रक्रियालाई केवल ४० सेकेण्डको भिडियोमा देखाएका छन् ।

हेर्नुहोस् भिडियो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?