
२७ असोज, दाङ । दाङमा नाबालिकामाथि यौन दुर्ब्यवहार गरेको अरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्ने घोराही उपमहानगरपालिका–१३ ऋषि पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले बताए ।
आफ्नो घरमा काम गर्न बस्ने ११ वर्षीया नाबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पोखरेललाई बिहीबार बिहान १० बजे पक्राउ गरेको हो । पीडित परिवारले आरोपी पोखरेल विरुद्ध असोज २० गते जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4