+
+

पुरुष १० हजार मिटर दौडमा आर्मीका दीपकलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते ८:४६
दौडमा पहिलो भएपछि दीपक अधिकारी । तस्वीर : सुदर्शन रञ्जित/अनलाइनखबर

३० असोज, पोखरा । पुरुष *१० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् । आइतबार बिहान सम्पन्न दाैडमा दीपकले निर्धारित दुरी ३० मिनेट १०.३० सेकेण्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जिते ।

उनले सन् २०१४ काे एसियन गेम्समा गाेपीले बनाएकाे ३० मिनेट ३०.९९ सेकेण्डकाे कीर्तिमान ब्रेक गरे । यसअघि कीर्तिमान राखेका गाेपीले रजत जिते । उनले ३० मिनेट ३८.३२ सेकेण्डमा पूरा गरे ।

आर्मीका गजेन्द्र राईले निर्धारित दुरी ३० मिनेट ४९.५० सेकेण्डमा पूरा गर्दै कास्य जिते ।

(*यसअघि समाचारमा १५०० मिटर दौड हुन गएकोमा क्षमाप्रार्थीसहित सच्याइएको छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?