+
+

बैंकको ब्याजदर एकल बिन्दुमा झार्न हानको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते १७:१५

३० असोज, काठमाडौं । होटल व्यवसायीले बैंकको ब्याजदर एकल बिन्दुमा झार्न माग गरेका छन् । आइतबार होटल संघ नेपाल (हान)की अध्यक्ष सिर्जना राणाले एक विज्ञप्ति जारी गर्दै बैंकले ब्याजदर एकल बिन्दुमा नझारे धेरै होटल–प्रतिष्ठान बन्द हुने जोखिममा पुग्ने बताएकी छन् ।

कोभिड–१९ ले तहसनहस बनाएको होटल तथा पर्यटन उद्योग अहिले केही सहज देखिएता पनि क्षमताको तुलनामा पर्यटकको आवागमन तथा गतिविधिको कमीले अझै सञ्चालन खर्च धान्न मुस्किल परेको उनको भनाइ छ ।

होटलहरुले अझै पनि दैनिक घाटामा चलेको हानले जनाएको छ । सन् २०१९ मा भन्डै १२ लाखको संख्यामा आएका पर्यटक यो वर्ष ५ लाख पुर्‍याउन प्रयत्न भइरहेको अवस्थामा क्षमताको आधा पनि व्यवसाय सञ्चालन हुन नसकेको विज्ञप्तिमा उल्लेख छ ।

कोरोना महामारीको असर समाधान नहुँदै देखिएको रसिया–युक्रेनको जारी युद्धको प्रभावले समेत पर्यटनमा नकारात्मक असर पुर्‍याएको व्यवसायीको भनाइ छ । पर्यटक बढी आउने समयमा परेको निर्वाचनले समेत परोक्ष रुपमा पर्यटन आगमन र गतिविधिलाई घटाउने चिन्ता व्यवसायीले गरेका छन् । चालु आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिमा सहजता ल्याउन र व्यवसायमैत्री बनाउने घोषणा गरिए पनि राज्यबाट कुनै सुनुवाइ नभएको गुनासो व्यवसायीको छ ।

‘आजको सबैभन्दा जटिल समस्या बैंकको बढ्दो व्याजदर र समयसीमाभित्र सावाँ-ब्याज बुझाउने तीव्र ताकेता नै हो । अहिलेको परिस्थितिमा हामीले लिएको सावाँको किस्ता र त्यसमा बहन गर्नुपर्ने ब्याज तिर्ने हाम्रो जिम्मेवारी रहेको हुँदा हुँदै पनि यस परिस्थितिमा कुनै पनि हालतमा बैंकलाई सावाँ ब्याज बुझाउन सक्षम नरहेको हुँदा सावाँ ब्याज बुझाउने समयसीमा बढाई कम्तीमा पनि २ वर्षका लागि पुनतालिकीकरण र पुनर्कर्जाको सुविधा समेत उपलब्ध गरिनुपर्ने हाम्रो माग रहेको छ’ विज्ञप्तिमा भनिएको छ ।

कोभिडको समयमा मौद्रिक नीतिबाट अवलम्बन गरिएको केही सेवा सुविधा कोभिड लगायतका प्रकोपहरु जारी रहेकोले हालको समयमा पनि निरन्तारता दिइनुपर्ने माग व्यवसायीले गरेका छन् । ‘बैंकहरुबाट लागू गरिएको हालको बढ्दो व्याजदर होटल जस्तो अत्यन्त संवेदनशील उद्योगमा धान्नै नसकिने गरी अधिक भएकोले एकल अंकमा झारी लगानी प्रोत्साहन गरिनु पर्ने हाम्रो माग रहेको छ’ विज्ञप्तीमा भनिएको छ ।

पोखरा तथा सिद्धार्थनगरका होटल व्यवसायीहरुले सार्वजनिक रुपमा नै असोज मसान्तसम्ममा बैंकको सावाँ ब्याज तिर्न असक्षम रहेको घोषणा गरिसकेको स्मरण गराउँदै उनले अहिलेको अवस्थाले होटलहरु बैंकको सावाँ र व्याज बुझाउन नसकेर क्रमिक रुपमा बन्द गरिनुपर्ने बाध्यता आएको बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?