+

आउँदो वर्ष हुने एसिया कप खेल्न भारत पाकिस्तानमा नजाने

२०७९ कात्तिक  २ गते १३:३७ २०७९ कात्तिक २ गते १३:३७
आउँदो वर्ष हुने एसिया कप खेल्न भारत पाकिस्तानमा नजाने

२ कात्तिक, काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीबीसीआई) का सचिव जय साहले सन् २०२३ को एसिया कपमा क्रिकेट खेल्न भारतीय टिम पाकिस्तानमा नजाने बताएका छन् ।

२०२३ को एसिया कपको जिम्मेवारी पाएको पाकिस्तानमा भारतले भ्रमण नगर्ने बताएपछि प्रतियोगितामाथि नै प्रश्न उठेको छ ।

मुम्बईमा भएको बीसीसीआईको ९१ औं वार्षिक साधारण सभामा पाकिस्तानको भ्रमणको विषयले प्रवेश पाएको थियो ।

बीसीसीआईका सचिव तथा एसियन क्रिकेट काउन्सिलका अध्यक्ष जय साहले एसिया कप तटस्थ मैदानमा खेल्नुपर्ने सुझाव दिएको बताएका छन् ।

‘एसिया कप २०२३ तटस्थ मैदानमा हुनेछ । यो मैले एसीसीको अध्यक्षको नाताले पनि भनिरहेको छु । हामी पाकिस्तान जान सक्दैनौ र उनीहरु पनि भारत आउन सक्दैनन् । त्यसैले प्रतियोगिता तटस्थ स्थानमा हुनेछ’, साहले भने ।

२०२३ मै भारतमा एकदिवसीय विश्वकप आयोजना हुँदैछ । तर पाकिस्तानलेम भने भारतमा आएर खेल्ने गरेको छ । पाकिस्तानका केहि पूर्व खेलाडीहरुले आफूहरु पनि भारत जान नहुने बताउँदै आएका छन् ।

२०१६ को टि–२० विश्वकप खेल्न पाकिस्तान भारतमा आएको थियो । भारत र पाकिस्तानबीचको कुटनीतिक सम्बन्धका कारण यी दुई देशबीचको खेल सम्बन्ध राम्रो छैन । त्यसैले सन् २००५–०६ को सिजन यता भारतले पाकिस्तानको भ्रमण गरेको छैन् ।

यी दुईले सन् २०१५–१६ को सिजनमा तटस्थ मैदान श्रीलंकामा शृंखला खेलेका थिए ।

अष्ट्रेलियामा चलिरहेको टी–२० विश्वकपमा आइतबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । मेलबर्न क्रिकेट ग्राउन्डमा हुने भारत र पाकिस्तानबीचको प्रतिस्पर्धालाई विश्वभरका क्रिकेटप्रेमीले महत्वका साथ हेर्ने गरेका छन् ।

पाकिस्तानी क्रिकेट भारतीय क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय