
२ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका रुपन्देही–२ का उम्मेदवार राजु गुरुङले दायर गरेको रिटमा बुधबार सर्वोच्च अदालतमा सुनुवाइ भएन ।
न्यायाधीश सुष्मालत माथेमा र कुमार रेग्मीको इजलासमा परेको उक्त रिट मुद्दाको चापका कारण हेर्न नभ्याइनेमा परेको हो ।
अब यो मुद्दामा अब अर्को दिन सुनुवाइ हुनेछ । बैंकिङ कसूरको आरोप लागेपछि कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतले एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गरिदिएका थिए ।
निर्वाचन अधिकृतको निर्णयविरुद्ध गुरुङले दिएको रिटमा सर्वोच्चले उम्मेदवारी खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सो मुद्दामा बुधबार अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाइएको थियो, तर सुनुवाइ हुन सकेन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4