+

मधुमेह भएकाले मिठाई मुखमा हाल्नै हुन्न ?

२०७९ कात्तिक  ३ गते १७:०१ २०७९ कात्तिक ३ गते १७:०१
Shares
मधुमेह भएकाले मिठाई मुखमा हाल्नै हुन्न ?

तिहार नजिकिंदैछ । तिहारको खास परिकार हो, मिठाई । सेलरोटी, फिनी, झिनिया, अनरसा लगायत लड्डु, रसबरी, बर्फी जस्ता मिठाई यसबेला घरघरमा हुन्छ ।

हेर्दै मुख रसाउने यी मिठाई ढुक्कले खान भने सकिंदैन । चिनीको मात्रा बढी हुने भएकाले भरपेट मिठाई खाँदा केही स्वास्थ्य समस्या आउँछ कि भन्ने डर हुन्छ । यस्तो डर मधुमेहको समस्या भएकालाई अरु बढी हुन्छ ।

के त्यसो भए मधुमेहमा मिठाई पटक्कै खान हुन्न ? यदि खानैपर्ने भए त्यसको कुनै मात्रा छ ?

मधुमेहमा मिठाई

सामान्य हिसाबले भन्दा शरीरमा चिनीको मात्रा बढी हुनुलाई मधुमेह भनिन्छ । यस्तो अवस्थामा गुलियो वा चिनीजन्य मिठाई खाँदा शरीरमा चिनीको मात्रा बढ्ने नै भयो । एक चम्चा चिनी होस् वा चार पिस मिठाई, यसमा उच्च क्यालोरी हुन्छ । यसले मधुमेह भएकालाई हानि गर्छ । त्यसैले सम्भव भएसम्म मिठाई खानु उचित हुँदैन ।

मिठाई मुखमा हाल्नै हुन्न ?

मधुमेह भएकाले मिठाई मुखमा हाल्नै हुन्न भन्ने कुरा पनि आउँछ । पटक्कै खानै नहुने, मुखमा हाल्नै नहुने भन्ने चाहिं होइन । कहिलेकाहीं मुड चल्छ वा साथीभाइले खुवाउँछन्, त्यसबेला खानैपर्ने हुन्छ । यसो मुख मिठ्याउनका लागि थोरै खाइदिए हुन्छ । मिठाई खाएको बेला सम्भव भएसम्म कार्बोहाइड्रेट कम गर्नु र शारीरिक गतिविधि वा व्यायाम गर्नु उत्तम हुन्छ ।

मनलाग्दो ढंगले मिठाई खान मिल्ला ?

कतिपय मिठाईका लोभी हुन्छन् । कोही मासु भनेपछि हुरुक्कै हुन्छन्, कोही दहीदूध भनेपछि हुरुक्कै । त्यस्तै कतिपय मान्छे मिठाई देख्नासाथ आफूलाई रोक्न सक्दैनन् । सामान्य अवस्थामा त मिठाई खाए खासै गाह्रो नहोला । तर मधुमेह छ भने मनलाग्दी ढंगले मिठाई खानै हुन्न । यसरी मिठाई खाँदा शरीरमा चिनीको मात्रा ह्वात्तै बढ्न सक्छ र बेहोसै पनि हुनसक्छ । कतिपयलाई आईसीयूमा समेत भर्ना गर्नुपर्ने अवस्था आउँछ । यसले दीर्घकालमा आँखा, नसा, मिर्गौलामा समस्या ल्याउन सक्छ ।

चिनीरहित मिठाई

मधुमेह भएको स्थितिमा सुगर फ्री मिठाई खान सकिन्छ । खासगरी चिल्लो र चिनी कम भएका मिठाई खाए हुन्छ । यस्तो मिठाई बजारमा पनि उपलब्ध हुन्छ । यद्यपि सुगर फ्री भन्दैमा जथाभावी खान चाहिं भएन ।

त्यसो त कतिले सुगर फ्री भनिएका कुरा खान हुन्न पनि भन्ने गर्छन् । यो अपवाह मात्र हो । सुगर फ्रीमा क्यालोरीको मात्रा कम हुन्छ ।

सेलरोटी र खीरको असर होला ?

यो पनि धेरैको मनमा आउने प्रश्न हो । तिहारमा सेलरोटी त पाक्ने नै भयो । सेलरोटी खाने चलन पनि छ । यद्यपि यी पनि चिनीजन्य परिकार नै भएकाले मधुमेह भएको स्थितिमा त्यति राम्रो हुँदैन । थोरै चिनी राखेर बनाइएको सेलरोटी नियन्त्रित मात्रामा खाए खासै हानि हुँदैन ।

मिठाई खानै परे सजगता

तिहारजस्तो चाडपर्वमा मुख मिठ्याउन थोरै मिठाई खान सकिन्छ । किनभने कहिलेकाहीं खाँदा उति धेरै हानि गर्दैन । यससँगै अन्य कुरामा भने सन्तुलन मिलाउनुपर्छ । जस्तो हल्का खाना खाने, मद्यपान–धुमपान नगर्ने, व्यायाम गर्ने, पर्याप्त निदाउने । यसरी सही जीवनशैली अपनाएको अवस्थामा सबै कुरा सन्तुलित हुन्छ ।

(मधुमेह, थाइराइड तथा हर्मोन विशेषज्ञ डा. रौनियारसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)  

मधुमेह मिठाई
बजरंगकुमार रौनियार
लेखक
बजरंगकुमार रौनियार
सुगर, थाइराइड तथा हार्मोनरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ६८९५ हाल एमबीबीएस (केयू), एमडी (ढाका) हाल सुगर, थाइराइड तथा हार्मोनरोग विशेषज्ञको रुपमा काठमाडौं चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

गर्भवती भएको कसरी थाहा पाउने ?

गर्भवती भएको कसरी थाहा पाउने ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?