+
+

काठमाडौं ५ का उम्मेदवार पाठक र अधिकारीको संयुक्त प्रतिबद्धता–पत्र सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ४ गते १६:३५

४ कात्तिक, काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ मा हाम्रो पार्टीको लौरो अभियान अन्तर्गत उम्मेदवारी दिएका मधुसुधन पाठक (सितेबा) र सोही क्षेत्रमा प्रदेशसभा क का उम्मेदवार रामहरि अधिकारीले संयुक्त प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन् ।

विद्रोहमार्फत राजनीतिक शुद्धीकरणमा सहयोग गर्न आग्रह गर्दै उनीहरुले मंसिर ४ मतदाताको विवेक र आफ्नो विद्रोहको संयोजन गर्ने दिन हुने बताएका छन् ।

‘मैलै परम्परागत राजनीति र व्यक्तिको विकल्प दिन उम्मेदवारी दिएर विद्रोह गरेको छु, तपाईंले विकल्प रोजेर विद्रोह गर्ने बेला भएको छ । मंसिर ४ तपाईंको विवेक र मेरो विद्रोहको संयोजन गर्ने दिन हो । त्यहीँबाट सुरु हुनेछ– नयाँ दिन र पारदर्शी एवं जनताप्रति उत्तरदायी राजनीति’, पाठकको प्रतिबद्धता–पत्रमा उल्लेख छ ।

कृषि, सहकारी, पत्रकारिता, कलाकारिता, शिक्षा तथा स्वास्थ्यका साथै पर्यटन क्षेत्रको अध्ययन र अनुभवलाई राजनीतिक क्षेत्रको माध्यमबाट नागरिक सेवामा समर्पित रहने प्रतिबद्धताका साथ उम्मेदवारी दिएको उनीहरुले बताएका छन् ।

प्रतिबद्धता पत्र पढ्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?